गण्डकी प्रदेशले ३२ अर्बको बजेट ल्याउँदै जेठ मसान्तसम्मकाे बजेट खर्च भने जम्मा २५ प्रतिशतमात्र
इन्द्र रिजाल
असार १, २०७६ आइतबार १८:२:२४
पोखरा । गण्डकी प्रदेश सरकारले महत्वकांक्षी योजनासहित २४ अर्बमाथिको बजेट ल्याएको थियो । त्यसमा अहिलेसम्म ६ अर्ब २४ करोड ६४ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।
तर आगामी आर्थिक वर्षमा भने ३० अर्बभन्दा माथिको बजेट ल्याउन लागेको छ ।
जेठ मसान्तसम्म कुल बजेटको २५ प्रतिशत खर्च गर्न सकेको सरकारले अझै पनि असार मसान्तसम्म कम्तीमा ७० प्रतिशत खर्च पुर्याउने दाबी गरेको छ । कुल चालु बजेटको ३१ प्रतिशत र पुँजीगततर्फ २३ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ ।
२ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ चालु र ३ अर्ब ६६ करोड रुपैयाँ पुँजीगत खर्च गर्न सफल भएको छ । २४ अर्ब बजेटमा पनि अहिलेसम्म सन्तोषजनक खर्च गर्न नसकेको सरकारले आगामी आर्थिक वर्षमा ३० अर्बभन्दा माथिको बजेट ल्याउन लागेको छ ।
आर्थिक वर्ष ०७६/७७ का लागि गण्डकी प्रदेश सरकारले आज ३० अर्बभन्दा माथिको बजेट ल्याउन लागेको हो ।
जेठ १४ गते सरकारले ल्याएको नीति तथा कार्यक्रमको लक्ष्य र उद्देश्यलाई पछ्याउँदै बजेट आउने आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए । नीति तथा कार्यक्रम र यसअघिकै योजनामा आधारित बजेट आउने अर्थमन्त्री गुरुङले बताए ।
यसपटक प्रदेश सरकारले आन्तरिक स्रोतको दायरा बढाउने गरी बजेट ल्याउने सरकारको योजना छ । प्रदेशको अधिकार क्षेत्रभित्रको दायरा बढाएर कृषिबाहेकमा पनि कर उठाउने योजना सरकारले नयाँ बजेटमार्फत सार्वजनिक गर्दैछ । क्षेत्राधिकारभित्रको कर र गैरकर उठाउन नयाँ क्षेत्र तोकेरै बजेटमा प्राथमिकतामै राखिएको छ ।
भौतिक पूर्वाधार विकासमै बजेट केन्द्रित हुनेछ । पर्यटन पूर्वाधार, ऊर्जा, उद्योग र कृषिका लागि पूर्वाधार निर्माण गर्ने पुरानै लक्ष्यअनुरुप बजेट ल्याउने सरकारको तयारी छ ।
मध्यकालीन खर्च संरचनाले ३४ अर्बको बजेट प्रक्षेपण गरेको थियो । प्रदेशले ३० देखि ३४ अर्बको बीचमा बजेट ल्याउन लागेको हो । आयोजना र प्राथमिकताका क्षेत्रमा सरकारले दिएको शर्सत र विशेष अनुदानबाहेक खर्च नभएको रकम पनि आगमी बजेटमा जोडिएर विनियोजन हुनेछ ।
सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरी कार्यक्रम सञ्चाालन गरेको सरकारले सन् २०२० लाई छिमेकी आकर्षण पर्यटन वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन वर्ष अभियान सञ्चालन गरी सन् २०२२ सम्ममा वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई जोड दिँदै बजेट ल्याउने तयारी गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार