सातवटै प्रदेशको बजेट आउँदै,अधिकांशले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई नै निरन्तरता
इन्द्र रिजाल
असार १, २०७६ आइतबार १८:४७:१९
काठमाडौं। सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएका छन्। संघीय सरकारले बजेट ल्याएको १८ औँ दिनमा सातवटै प्रदेशले आफ्नो वार्षिक विकास तथा बजेट प्रस्तुत गर्न लागेका हुन्।
चालु आर्थिक वर्षमा ल्याएको बजेट नै कार्यान्वयन नभएको अवस्थामा प्रदेशहरुले नयाँ बजेटको तयारी गरिरहेका छन्। सातवटा प्रदेशले करिब २ खर्ब ५० अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्।
अधिकांश प्रदेशले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई नै निरन्तरता दिएर बजेटको तयारी गरिरहेका छन्। एक सरकारी अधिकारीले धेरैवटा कार्यक्रम चालु वर्षमा उल्लेख भएकाले तिनीहरुको निरन्तरता मै बजेट आउने जानकारी दिए।
कार्यक्रम यथावत राखिए पनि उनीहरुले करको दरमा सामान्य हेरफेर गर्न सक्ने अनुमान गरिएको छ। संविधानको अनुसूची ६ मा प्रदेशको अधिकारको सूची उल्लेख छ। त्यसमा प्रदेशहरुले घरजग्गा रजिष्ट्रेसन, सवारी साधन, मनोरञ्जन, विज्ञापन, पर्यटन, कृषि आय, सेवा शुल्क र दण्ड जरिवाना लगाउन सक्नेछन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
वेस्ट मिन्स्टर कार्यक्रममा सहभागी हुन कांग्रेस नेता कोइराला बेलायत प्रस्थान
पुष २५, २०८१ बिहिबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुष २५, २०८१ बिहिबार
गहुँबालीमा मल छर्दै किसान
पुष २५, २०८१ बिहिबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार