शेयर बजार घटेको घट्यै,लगानीकर्ताको मनोबल अस्थिर
इन्द्र रिजाल
असार १, २०७६ आइतबार २१:५३:४२
काठमाडौँ। आइतबार साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ। कारोबार मापक नेप्से सूचक ११.३६ अंकले घटेर १२५८.२७ अंकमा झरेको छ।
११ समूहको शेयर कारोबारहुँदा कारोबारको पहिलो १५ मिनेट सूचक एक अंकले बढेको भए पनि त्यसपछि बजार कारोबारको अन्त सम्मनै बिस्तारै ओरालो लागेको थियो। कारोबारमा आएका सबै उपसूचक घटेपछि बजार ओरालो लगेको हो।
सबैभन्दाबढी निर्जीवन बीमा समूहको २.०६ प्रतिशतले उपसूचक घटेको छ। यसैगरी लघुबित्त समूहमा २.०१ प्रतिशतको गिरावट देखिएको छ।
आइतबार १७४ कम्पनीका शेयर कारोबार भए। १४ लाख ७३ हजार कित्ता शेयर ४७ करोड २५ लाख रुपैयाँमा किनबेच भयो।
नेपाल बैंकको दुई करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भयो। शिवम् सिमेन्टको दुई करोड ५५ लाख रुपैयाँको शेयर खरिद बिक्री भयो।
बजेटपछि शेयर बजार लगातार घट्दो क्रममा देखिएको छ। गएका १० कारोबार दिनमा सूचक जम्मा दुई दिन मात्रै बढेको छ।अन्य सबै दिन सूचकमा गिरावट देखिएको छ ।
बजेटपछि लगानीकर्ताको मनोबल अस्थिर देखिएको छ। खरिदको मुडमा देखिएका लगानीकर्ताले बजारमा चर्को बार्गेनिङ गरिरहेको देखिन्छ। सामान्य १/२ रुपैयाँले समेत हजारौँ कित्ता शेयर म्याच हुन सकिरहेको छैन जसका कारण बजारमा कारोबार रकम समेत घट्दो क्रममा देखिएको हो।
आज नेपाल एग्रो लघुबित्तको शेयरधनीले करिब सात प्रतिशत कमाए। महिला सहयात्रा माइक्रोफाइनान्सका शेयरधनीले करिब आठ प्रतिशत गुमाए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार