फागुन वा चैतमा पार्टीको महाधिवेशन : नेता पौडेल
इन्द्र रिजाल
असार १, २०७६ आइतबार २२:३:३४
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । आज पत्रकारसँगको कुराकानीमा उनले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औँल्याएका हुन् ।
पार्टीको चार वर्षको कार्यकाल भएकाले नियमित ढङ्गबाट महाधिवेशन गर्ने कुरालाई आलटाल गर्न नहुनेमा जोड दिँदै नेता पौडेलले भने,“अस्ति हामीले सभापतिलाई भेटेर भन्यौ, अब महाधिवेशनको प्रक्रिया शुरु गर्नुपर्छ तर कामको छाँटकाट भने छैन ।”
पार्टीको मुहानको रुपमा रहेको नेपाल विद्यार्थी सङ्घको महाधिवेशन नगरेर भङ्ग गर्ने काम गरिएकामा उनले आक्रोश प्रकट गरे ।
फरक प्रसङ्गमा गुठी विधेयक सरोकारवालासँग छलफल नगरी ल्याइएकाले यसले संस्कृति तथा परम्परालाई असर पु¥याउँछ भन्दै उनले सरकारले एकपछि अर्को गर्दै गल्ती गरिरहेको आरोप लगाए । नेता पौडेलले भने, “सरकारलाई गलत कार्यबाट रोक्ने काम हाम्रो हो, जनताको विरोध हुँदा हुँदै आएका विधेयक काङ्ग्रेसले पारित हुनदिदैन ।”
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
वेस्ट मिन्स्टर कार्यक्रममा सहभागी हुन कांग्रेस नेता कोइराला बेलायत प्रस्थान
पुष २५, २०८१ बिहिबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुष २५, २०८१ बिहिबार
गहुँबालीमा मल छर्दै किसान
पुष २५, २०८१ बिहिबार