दुई नगरपालिका हर्न निषेधित क्षेत्र घोषणा ,हर्न बजाए १५ सय जरिवाना
इन्द्र रिजाल
असार १, २०७६ सोमबार ०:३२:३१
स्याङ्जा । तपाई सवारी साधन लिएर बुटवलबाट पोखरा वा पोखराबाट बुटवल जादै हुनुहुन्छ भने ख्याल राख्नु होला । अथवा शाखा रोडहरुबाट वालिङ र पुतली बजार नगरपालिका जादै हुनुहुन्छ भने पनि ख्याल गर्नुहोला ।
हामीले नगरे कसले गर्ने, आज नगरे कहिले गर्ने अभियान लिएर प्रहरीले शान्ति सुरक्षा, दुर्घट्ना न्युनिकरण, अपराधिक क्रियाकलाप शुन्यमा झार्ने लक्ष्य नेपाल प्रहरीले लिएको प्रहरी उपरिक्षक लम्सालले बताए । सचेत नागरिकका लागि हर्न नै आवश्यक छैन उपरिक्षक लम्सालले भने,“स्वास्थ्यमा असर पर्ने खालका गतिविधिहरु रोक्न सबै सचेत हुनुपर्छ ।”
वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकामा पुग्दा हर्न बजाउन पाईदैन । दुई नगरपालिकाका निश्चित ठाँउमा हर्न बजाउनु भयो भने जरिवाना तिर्नु पर्छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निर्देशन तथा जिल्ला ट्राफिक प्रहरी स्याङ्जाको अनुरोधमा जिल्लाका दुई नगरपालिकामा हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । पहिलो चरणमा पुतलीबजार नगरपालिकाबाट यो अभियान शुरु गरिएको छ । दोस्रो चरणमा वालिङलाई पनि हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरिक्षक राजकुमार लम्सालको नेतृत्वमा वालिङ नगरपालिकाको भकुण्डे चोकदेखि मिर्दी चोकसम्म कुनै पनि सवारी साधनले हर्न बजाउन नपाईने भएको हो ।
नागरिकको आवतजावतको अवस्था हेरेर निश्चित क्षेत्र घोषणा गरेका छौं, प्रहरी उपरिक्षक लम्सालले भने,“यो क्रमलाई विस्तारै जिल्लाभरी लागु गर्ने छौं ।” हर्नले जेष्ठ नागरिकदेखि बालबालिकालाई असर गर्ने तथ्याङ्कको आधारमा यो अभियान शुरु गरेका हौ, लम्सालले भने । जेष्ठ नागरिकलाई हर्नका कारण हट्याट्याक हुन सक्ने र बालबालिकालाई मस्तिष्कमा असर पर्ने अवस्था आएकाले हर्न निषेधित गर्नुपर्ने अवस्था आएको प्रहरीको भनाई छ ।
हामीले नगरे कसले गर्ने, आज नगरे कहिले गर्ने अभियान लिएर प्रहरीले शान्ति सुरक्षा, दुर्घट्ना न्युनिकरण, अपराधिक क्रियाकलाप शुन्यमा झार्ने लक्ष्य नेपाल प्रहरीले लिएको प्रहरी उपरिक्षक लम्सालले बताए । सचेत नागरिकका लागि हर्न नै आवश्यक छैन उपरिक्षक लम्सालले भने,“स्वास्थ्यमा असर पर्ने खालका गतिविधिहरु रोक्न सबै सचेत हुनुपर्छ ।” १५ दिन सुझाव दिने गरी यो अभियान शुरु गरिएको छ सो समय अवधिपछि भने जरिवाना समेत गरिनेछ ,प्रहरी प्रमुख लम्सालले भने ।
हर्न बजाएर अटेर गरेमा पहिलो पटक ५ सय, दोस्रो पटक १ हजार गरी क्रमश १५ सय सम्म जरिवाना लाग्ने ट्राफिक प्रहरीको भनाई छ । वडा प्रहरी कार्यालयमा आयोजना गरिएको छलफलमा वालिङ नगरपालिका भित्र रहेका राजनीतिक दल, उद्योगी व्यवसायी,पत्रकार, यातायात व्यवसायी लगायतको सहभागिता रहेको थियो । प्रहरीले हर्न निषेधित क्षेत्रका निश्चित ठाँउहरुमा सुचनामुलक बोर्ड समेत राखेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार