केही वर्षकै तुलनामा यसपटक काठमाडौंमा उखरमाउलो गर्मी, जनजीवन प्रभावित !
इन्द्र रिजाल
असार २, २०७६ सोमबार १२:३३:३९
काठमाडौं । यस पटक मनसुन ढिला हुँदा केही दिनदेखि काठमाडौं उपत्यका लगायत देशैभर गर्मी बढेको छ । पुर्वि तराई र पश्चिम तराईको तापक्रमसँग तुलना गर्ने हो भने केही दिन देखि काठमाडौंमा उत्तिकै गर्मी हुन थालेको छ ।
जल तथा मौसम विभागका विगत केही दिनको विवरणहरू हेर्दा पनि कतिपय तराईका शहरहरू र काठमाडौं उपत्यकामा तापक्रम उस्तै उस्तै देखिएको छ।
यता गर्मि बढेपछि उपत्यकावासी काठमाडौंमा विगत केही वर्षदेखि हरेक वर्ष गर्मी बढेको महसुस हुने गरेको बताएका छन् ।
जल तथा मौसम विज्ञान पूर्वानुमान अनुसार शनिवार काठमाडौंको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियसम्म पुगेको थियो भने आइतवार दिउँसो ३२ डिग्री सेल्सियसकै हाराहारी तापक्रम पुगेको छ।
यस्तै, शनिवार विराटनगरको तापक्रम ३४.५ डिग्री सेल्सियस थियो। जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसम विज्ञ अर्चना श्रेष्ठले भनिन्स् ‘यसपटक गर्मी बढेको अनुभव गर्नुमा जलवायु परिवर्तन र बढ्दो शहरीकरण नै हो।’
काठमाडौंमा बढेको तापक्रमको बारेमा यसो भन्छ मौसम विभाग, सामान्यरूपमा विगत ४० वर्षको विवरण हेर्दा काठमाडौंमा र पहाडी क्षेत्रमा मनसुनपूर्व र मनसुनका बेलामा अधिकतम तापक्रम बढ्दै गएको देखिन्छ।
सन् १९७१ देखि २०१४ सम्मको तुलना गर्दा यी क्षेत्रमा हरेक वर्ष ०.४५ डिग्री सेल्सियसको दरले तापक्रम बढेको देखिन्छ।
तर गत वर्षकै तुलनामा यसपटक गर्मी बढेको अनुभव गर्नुमा चाहिँ प्राकृतिक रूपमा तापक्रम वृद्धि भएको भन्दा पनि अन्य कारण छन्। त्यसको एउटा कारण भनेको काठमाडौं उपत्यकामा बढ्दो शहरीकरण नै हो।
काठमाडौंमा यसरी धेरै गर्मि हुनुको कारण यस क्षेत्रमा न हरियाली छ, न त भेन्टिलेसन राखेर हावा वारपार हुने गरि घर बनाइन्छ। यसले गर्दा यो क्षेत्रमा आद्रता बढिरहेको विभागले बताएको छ ।
जसका कारण मानिसहरूले एकदमै गर्मी र अफ्ट्यारो अनुभव गर्ने गरेका छन्। जलवायु परिवर्तनको अनुकूलन सम्बन्धी एउटा अध्ययन गर्दा हामीले काठमाडौं मात्र होइन अन्य पहाडी क्षेत्रमा पनि तराईको तुलनामा तापक्रम अझ धेरै बढेको पाएका छौँ।
हरेक वर्ष यस्तो अवस्था देखिनुको कारण भनेको जलवायु परिवर्तन र विश्वभर भएको तापमान वृद्धि नै हो। पहाडमा नै किन बढी असर देखियो भन्नेमा एउटै कुरालाई मात्र कारणका रूपमा हेरेर हुँदैन। तर चिसो क्षेत्रमा तापक्रम एकदमै संवेदनशील हुने भएकाले तापक्रम छिटो बढेको हुनसक्छ।
यस भन्दा पहिले गएको ४० वर्षमा सबैभन्दा अधितकतम तापक्रम साढे ३६ डिग्री सेल्सियससम्म पुगेको रेकर्ड छ।सन् १९८९ मे ७ तारिखका दिन काठमाडौंको तापक्रम ३६.६ डिग्री सेल्सियस पुगेको थियो।
जुन महिनाको हेर्दा चाहिँ सबैभन्दा बढी तापक्रम सन् २०१२ मा ३५.२ डिग्री सेल्सियससम्म पुगेको देखिन्छ। काठमाडौं र अन्य उपत्यका क्षेत्रमा गर्मी बढ्दा पानी पर्ने सम्भावना पनि धेरै हुन्छ।
तर त्यसका लागि वातावरण कस्तो छ भन्ने पनि हेर्नुपर्छ। पोल्ने खालको घाम लाग्दा पानी पर्दैन तर धेरै पसिना आउने खालको गर्मी बढ्यो भने पानी पर्ने सम्भावना हुन्छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
वेस्ट मिन्स्टर कार्यक्रममा सहभागी हुन कांग्रेस नेता कोइराला बेलायत प्रस्थान
पुष २५, २०८१ बिहिबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुष २५, २०८१ बिहिबार
गहुँबालीमा मल छर्दै किसान
पुष २५, २०८१ बिहिबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार