गुठी विधेयक विरुद्ध कांग्रेस सांसदहरुको आपत्ती, फिर्ता लिन सरकारसँग माग !
इन्द्र रिजाल
असार २, २०७६ सोमबार १७:३८:२८
काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाल र नेपालीको अस्तित्व नै धरापमा पार्नेगरी गुठी विधेयक ल्याइएको र राष्ट्रीय अखण्डतालाई नामेट पार्न नहुने भन्दै नेपाली कांग्रेसका सांसदहरुले आपत्ती ब्यक्त गरे ।
सभाको बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले गुठी विधेयकको विरुद्धमा सडकमा चलेको आन्दाेलनको नेपाली कांग्रेसले समर्थन गर्ने पनि जनाए । गुठी विधेयकको विरुद्ध आन्दोलन चर्किदै जाने भन्दै उनले तत्काल उक्त विधेयक फिर्ता लिन पनि सरकारसँग माग गरे ।
नेपाल र नेपाली समाजको धार्मिक, सांस्कृति, सामाजिक मुल्य मान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरि सरकारले विधेयक ल्याएको बडुको आरोप छ । गुठी विधेयक फिर्ता नलिए गम्भीर परिस्थिति सिर्जना हुने उल्लेख गर्दै बडुले भने, ‘समयमै सचेत नभए उत्पन्न गम्भीर परिस्थितिका लागि सरकार स्वयम् जिम्मेवार हुनुपर्ने छ ।’
प्रधानमन्त्रीले ‘सोचिने छ, विचार गरिने छ’ भन्ने र सरकारकै प्रवक्ताले ‘सामन्ती अवशेष समाप्त पारि छाडिने’ भन्ने अभिव्यक्ति दिँदै आएको उल्लेख गर्दै बडुले भने, ‘कुटे जस्तो र रोए जस्तो सरकारको दोहोरो चरित्र स्वीकार्य हुन सक्दैन । विधेयक फिर्ता लिइयोस् ।’
सभामुखले सोमबारको बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै नेपाली कांग्रेस र राजपाका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुखले सांसद बडू र राजपाका सांसद लक्षमण लाल कर्णलाई बोल्नका लागि समय दिएका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार