प्रधानमन्त्री ज्यू ! ‘जनताको ढाड भाँच्ने गरि चर्को कर असुलेर समृद्धि आउदैन’
इन्द्र रिजाल
असार २, २०७६ सोमबार १९:४१:३३
काठमाडौं । देशहरु कसरी समृद्ध हुन्छन् र कसरी कंगाल हुन्छन् भन्ने विषयमा धेरै सिद्धान्तहरु प्रतिपादन भएका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक अर्थशास्त्री पाउल कोलियरको भनाइ अनुसार देश कंगाल हुनका लागि तीनवटा मध्ये कुनै एउटा मात्रै कारण पर्याप्त हुन्छन्, जुन निम्न रहेका छन् ।
१. समुद्रसम्म पुग्ने आफ्नो बाटो नहुनु र खराब छिमेकी हुनु
२. प्राकृतिक श्रोत र साधन हुनु तर प्रयोग गर्न नसक्नु
३. देशमा भ्रष्टाचार मौलाउनु, कुशासन हुनु र आन्तरिक द्धन्द्धमा फस्दै जानु
नेपालमा यी तिनै वटै कारणहरु जबर्रजस्त उपस्थित छन् । तैपनि, माथिका कारण नं १ र २ आफ्नो काबुमा नभए पनि तेश्रो कारण त हामीले नै जन्माएका हौं । तपसिलका प्रश्नहरुको उत्तर मैले कसैसँग अपेक्षा गरेको छैन, केवल यहाँहरु सामू छलफलको लागि मात्रै राख्न चाहेको हो ।
१. देशको जनशक्तिलाई देशको उत्पादनशिल क्षेत्रमा रोजगारीको अवसर श्रृजना गरेर समृद्धि आउने हो कि विदेशमा युवा शक्तिलाई निर्यात गरेर रेमिट्यान्सको भरमा समृद्धि आउने हो ?
२. खराबौंको डिजेल, पेट्रोल, बिलासीका सामान, मोटरगाडी, खाद्यान्न विदेशबाट आयात गर्ने व्यापार घाटा बढाएर र आयातमा चर्को कर असुलेर जनताको ढाड भाँचेर समृद्धि आउने हो कि ? आयात बिस्थापनको योजना र कार्यन्वयन गरेर आउने हाे ?
३. मूलुकमा निजी बिद्यालय, कलेजलाई खुलेआम व्यापार गर्न छुट दिएर दुई खाले नागरिक उत्पादन गरेर देश समाजबाद तिर जाने हो कि चरम गरिबी र द्धन्द्ध तिर जाने हो , अनि निजी अस्पत्ताल खोल्ने छुट दिएर बिरामीको सबै जायजेथा लुटेर समृद्धि आउने हो कि सरकारी अस्पतालकाे गुणस्तरमा सुधार गर्ने, स्वास्थ्य सेवालाई सर्वसुलभ बनाएर ।
४. देशमा उद्योगधन्धा खोलेर, रोजगारी सिर्जना गरेर, सामान निर्यात गरेर समृद्धि ल्याउने हो कि राष्ट्रीय उद्योगहरु बिक्री गरेर, नयां उद्योग खोल्नुको सट्टा बिदेशीका मालहरु बेच्ने डिपार्टमेन्टल स्टोरहरु भटाभट खोल्ने अनुमति दिएर ?
५. संघियताको नाममा ६०० वटा सरकार बनाएर, प्रशासनिक खर्चमा दुई तिहाई बजेट सकेर केवल २७ प्रतिशत बिकास खर्च छुट्टयाएर देशको बिकास हुन्छ ?
६. विश्वविद्यालयहरुलाई अनुसन्धान केन्द्र र ज्ञानको केन्द्र बनाउनु पर्नेमा आफ्ना आसेपासेहरुको भर्तिकेन्द्र बनाएर शिक्षाको गुणस्तरमा बृद्धि हुन्छ, साधुलाई शुली चढाउने र चोरलाई चौतारोमा राखेर देशमा समृद्धि आउला ?
७. न्यायको आवाजलाई बलजफ्ती थुनेर भजनमण्डली मात्रै तयार गर्ने र आलोचनाको आ सुन्न नचाहनेले सभ्य समाजको निर्माण गर्ला ?
८. योग्यता र क्षमताको कदर नगर्ने र देशका महत्वपूर्ण स्थानमा नियुक्ती गर्दा क्षमता र अनुभवलाई भन्दा आफन्त र नजरानालाई प्राथमिकता दिने, राम्रो काम गर्नेलाई पुरस्कार दिनुको सट्टा मानमर्दन गर्ने र हतोत्साही बनाउने, बिखण्डनकारीलाई माला लगाउने र देशभक्तहरुलाई हतकडी लगाउने, बिपक्षी प्रति असहिसुष्ण हुने संस्कारले देश समृद्धितिर जाला ?
९. देशका सीमानाहरु मिचिएका छन्, पिल्लरहरु सारिएका छन्, सिमानाका देशभक्तहरु विदेशीको गोली खाएर मर्न बाध्य छन्, वर्षा लाग्दैछ, राष्ट्रघाती बांधले तराईका हाम्रा दाजुभाइ दिदी बहिनीहरु डुब्दै हुनुहुन्छ, देशभक्तको नारा घन्काएर दुई तिहाई ल्याउने सरकारले सीमा रक्षाको लागि सुरक्षा फौज खटाउनु पर्दैन ?
१०. जुन देशमा एक थोपा पेट्रोल उत्पादन हुंदैन उही देशमा ३० लाख भन्दा बढी गाडी छन्, जुन देशमा एक सेट मोबाइल बन्दैन उही देशको नागरिक भन्दा बढी सीम र मोबाइल सेट छन्, जुन देशको खेतबारी बाँझो छ उही देश कृषि प्रधान, जुन देशको अख्तियारको आयुक्त नै घुस खांदै हिड्छ र सुशासनको पाठ सिकाउंछ, भ्रष्टाचारको बिरोध गर्दा मर्नेगरी कुटेर जेल पठाउंछ, सरकारी जग्गा आफ्नो नाममा पास गर्छ र सरकारी दलको ठुलो नेता बन्छ । दलाली गरेर पैसा कमाउने, श्रमको सम्मान नगर्ने कामचोरहरुको कारणले गर्दा देश बर्बाद बन्दै गइरहेको छ ।
काशी जाने कुत्तिको बाटो । समाजवादको तिरको यात्रा हो कि ? दलाल पूँजीबाद तिरको उल्टो यात्रा हो ? यो अनि कसरी आउँछ समृद्धि, समाजबाद , सुध्र सरकार, सुध्र नेता गण, सुध्र नोकरशाह । अन्यथा प्रलयबाट तिमीहरुलाई कसैले बचाउन सक्दैन ।
♦लेखक पोखरा विश्व विद्यालयका सहप्राध्यापक हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार