बेल्चाले मकै गोड्ने की सडकका गाई, बाँदर धपाउने?, प्रधानमन्त्री रोजगार कार्यक्रम कुरी कुरी
इन्द्र रिजाल
असार २, २०७६ सोमबार २१:११:५६
काठमाडौं । नेपाल सरकारले आ.व.२०७६/०७७ मा ५ लाख युवालाई रोजगार दिने भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेपनी वास्तविकतामा भने त्यसो नभएको पाइएको छ । देशभरनै प्रधानमन्त्री रोजगार कार्यक्रम लागुभएपनि कँही झार उखेल्ने,सडकका गाई, बाँदर धपाउने त कँही मकै गोड्ने काम गरेर सरकारी सम्पत्तीको. दुरुपयोग गरेका छन् ।
नेपाली कांग्रेसका सांसदले वर्तमान सरकारको सबैभन्दा ‘पपुलर’ भनिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’लाई ‘बेल्चाले मकै गोड्ने काम’को संज्ञा दिएका छन् ।कांग्रेस सांसद मिनबहादुर विश्वकर्माले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत जनताले सरकारलाई ‘कुरी कुरी’ गरिरहेको पनि बताए ।
‘कामदारलाई हेलमेट दिइएछ । ज्याकेट, बुट लगाईदिएछ यो गर्मिमा पनि । हातमा काम गर्ने औजार चाहिँ बेल्चा दिएछ । काम के लगाएछ भन्दा मकै गोड्न,’ प्रधानमन्त्री रोजगार कार्यक्रमप्रति व्यंग गर्दै विश्वकर्माले भने, ‘यो हेरिसकेपछि प्रतिपक्षीलाई मात्रै कुरी कुरी लागेन होला ।’
मकै गोड्ने, नाली सफा गर्ने, झार उखेल्ने, सडकको गाई धपाउने, स्कूलका आँगन बढार्ने लगायत काम गराएर बजेटको दुरुपयोग भएकोमा आम नेपाली जनताले सरकारलाई कुरी कुरी गरिरहेको विश्वकर्माको भनाइ थियो ।
सरकारले औद्योगिक वातावरण निर्माण भन्दा कार्यकर्ता पोस्ने गरि बजेट विनियोजन गरेको पनि विश्वकर्माले आरोप लगाए । साथै उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ १ रुपैयाँ कायम गर्न गर्न प्रस्ताव समेत पेश गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्र्तगतको छलफलमा सहभागी हुदै विश्वकर्माले आपूर्ति मन्त्रालयको खर्च घटाइ १ रुपैयाँ कायम गर्न प्रस्ताव गरेका हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सरकारले एक महिनामा मकै गोड्ने, झार उखेल्ने र गाई समाउने कामका लागि २ अर्ब ३७ करोड रुपैया खर्च गरेको भन्दै उनले बजेटको दुरुपयोग रोक्न पनि माग गरे ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सहयोग गर्ने ठूला मन्त्रालयहरु मध्येको एक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि रहेको उल्लेख गर्दै विश्वकर्माले औचित्यहिन खर्च घटाउनुपर्ने बताए ।
सरकारले भने प्रधनमन्त्री रोजगार कार्यक्रम अन्र्तगत आगामी आर्थिक बर्षमा ५ लाख वेरोजगारहरुलाई रोजगार उपलब्ध गराउने भनेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुष २५, २०८१ बिहिबार
गहुँबालीमा मल छर्दै किसान
पुष २५, २०८१ बिहिबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार
कफीको बेर्ना उत्पादन गर्न निर्माण गरिएको टनेल
पुष २५, २०८१ बिहिबार
भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
अमेरिकाको लस एन्जलस डढेलोमा परी पाँच जनाको मृत्यु, एक हजार भन्दा बढी घर जलेर नष्ट
पुष २५, २०८१ बिहिबार