स्वीमीङ पुलमा डुुबेर एक जनाको मृत्यु
इन्द्र रिजाल
असार २, २०७६ सोमबार २१:४२:१
काठमाडौं । टोखा नगरपालिकाको धापासीमा ‘स्वीमीङ पुल’ मा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भएको छैन ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंका अनुसार नेचर क्लबमा रहेको ‘स्वीमिङ पुल’मा डुबेर आइतबार अपरान्ह ४ बजे उनी गम्भीर घाइते भएका थिए ।‘घाइते भएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको रहेछ’, प्रसाईंले भने, ‘तर, उपचारकै क्रममा मृत्यु भएपछि मात्र हामीलाई खबर भयो ।’
प्रहरीले अहिले मृतकको परिचय पत्ता लगाउनका लागि विभिन्न प्रहरी युनिटमा हुलिया परिपत्र गरेको छ । ‘हामीले वडा कार्यालयमा पनि भनेका छौं । चप्पल लगाएर आएको देखिएपछि नजिकैको व्यक्ति हुनुपर्छ भन्ने हाम्रो अनुमान हो’, उनले थपे, ‘तर, अहिलेसम्म घरबाट हराएको भनेर प्रहरी कहाँ कोही आएका छैनन् ।’
मृतकको सनाखत भएपछि मात्रै पोष्टमार्टम सुरु हुनेछ । त्यसपछि मृत्युको कारणबारे खुल्ने प्रहरीले जनाएको छ । घटनाको विभिन्न पाटोबाट विस्तृत अनुसन्धान भइरहेको प्रसाईंले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार