सुधारिदै नेप्से परिसूचक,कारोवारमा भने कमी
इन्द्र रिजाल
असार २, २०७६ सोमबार २२:४३:४३
काठमाडौं । लगातार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने केही सुधार देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.६३ बिन्दुले वृद्धि भई एक हजार २६०.९० अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीका कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२९ ले वृद्धि भई २७०.२६ अङ्कमा पुगेको छ । परिसूचक सामान्य सुधार भए पनि कारोवार रकम भने घटेको छ ।
कूल १७३ कम्पनीका १३ लाख ७३ हजार १३० कित्ता शेयर रु ४० करोड ३५ लाख ३८ हजार १४७ मा खरीद बिक्री भएकोमा कूल ११ उपसमूहको कारोवार भएकामा आज तीन उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढेको छ ।
विकास बैंक २.७६, लघुवित्त ३.१९ र जीवन बीमा १८.८४ बिन्दुले घट्दा बैंकिङ १.७, होटल १२.८८, जलविद्मुत् ८.८९, वित्त २.०६, निर्जीवन बीमा ३७.२७, उत्पादन २८.३२, अन्य २.२७ र सामूहिक लगानी कोष ०.०५ अङ्कले बढेको छ ।
स्टकका अनुसार नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी शेयर कारोवार भएको छ । अरुण भ्याली हाइड्रो पावर कम्पनीका शेयरधनीले ६.७३ प्रतिशतले कमाउँदा गुर्खाज फाइनान्स ५.१३, गुराँस लघुवित्त वित्तीय संस्था ४.९६, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४.८९ र सिद्धार्थ इक्वुटी ओरियन्टेड स्किमका लगानीकर्ताले ४.४६ प्रतिशतले कमाए ।
त्यस्तै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ४.८, युनियन हाइड्रो पावर लिमिटेड ४.६६, गुडविल फाइनान्स कम्पनी ४.४७, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ४.३७ र समिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.८४ प्रतिशतले गुमाए । यस्तै स्टकमा आज नविल बैंक लिमिटेडको ९६ लाख ८६ हजार २४४ कित्ता शेयर लाभांश सूचीकृत भयो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार