काठमाडौं उपत्यकासहित देशभर तापक्रम वृद्धि, अझै मनसुन सक्रिय हुन चार-पाँच दिन लाग्ने
इन्द्र रिजाल
असार २, २०७६ मंगलबार २:५७:४९
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ । केही दिनदेखि प्रि–मनसुन कमजोर भई वर्षा नहुँदा तापक्रम वृद्धि भई गर्मी बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस वर्ष मनसुन शुरु हुने समयमा पनि मनसुन सक्रिय हुन् नसक्दा देशभर अत्यधिक गर्मी महसुस भएको महाशाखाका मौसमविद् राजु प्रधानाङले बताए । उनका अनुसार केही दिनदेखि उपत्यकासहित देशभर कुनै पनि मौसमी प्रणाली विकसित हुन नसकेको र मौसम खुला भई प्रचण्ड घाम लाग्दा तथा प्रि–मनसुन क्रमशः कमजोर हुँदै जाँदा मुलुकभर तापक्रम वृद्धिसँगै गर्मी महसुस भएको हो ।
सामान्यतया नेपालमा मनसुन भित्रिने समय जुन १० हो तर यस वर्ष मनसुन भित्रिन केही ढिलो हुने भएको छ । मौसमविद्का अनुसार यस वर्ष मनसुन भित्रिने बेलामा अरब सागरमा एउटा वायु बन्यो र पश्चिमी वायु पनि सक्रिय रहेकाले मनसुनलाई प्रभाव परेको हो । गत वर्ष जुन ८ मा मनसुन भित्रिसकेको थियो ।
अझै तीन चार दिन मनसुन भित्रिने कुनै गतिविधि नदेखिएको मौसमविद् प्रधानाङ्गले जानकारी दिए । नेपालमा मनसुन प्रवेश गर्न स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्ने बताइएको छ ।
आज बेलुकाबाट पश्चिमी क्षेत्रबाट पश्चिमी वायु विकसित हुँदै आउने भएकाले मङ्लबारबाट केही मात्रामा गर्मीबाट राहत मिल्ने मौसमविद्को भनाइ छ । आज काठमाडौँ उपत्यकासहित देशभर तापक्रम वृद्धि भइरहेको छ । उपत्यकामा यो साता ३३ दशमलव ५ डिग्री सेल्सियससम्म तापक्रम मापन भएको छ ।
त्यस्तै मौसमविद् समिर श्रेष्ठका अनुसार बङ्गालको खाडी र अरब सागर आसपासमा न्यूनचापीय प्रणाली विकास हुँदा मनसुनी गतिविधि अघि बढ्न नसकेको हो । अहिले नेपालमा कुनै प्रणाली विकसित हुन् नसक्दा अत्यधिक गर्मी महसुस भएको हो ।
“अझै मनसुन सक्रिय हुन चार÷पाँच दिन लाग्ने छ”, मौसमविद् श्रेष्ठले भने। मनसुन शुरु नहुँदा यसको प्रत्यक्ष असर खेती बालीमा पर्ने बताइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ५ डिग्री र अधिकतम तापक्रम ३२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै आज दिपायल र विराटनगरको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस रहेको छ । यसैगरी धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४० डिग्री मापन गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुष २५, २०८१ बिहिबार
गहुँबालीमा मल छर्दै किसान
पुष २५, २०८१ बिहिबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार
कफीको बेर्ना उत्पादन गर्न निर्माण गरिएको टनेल
पुष २५, २०८१ बिहिबार
भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार