छिनछिनमा फेरिने गृहमन्त्रीको मनपरी निर्णय मान्नै पर्ने, घरि हो, घरि होइन कस्तो शासन ब्यबस्था !
इन्द्र रिजाल
असार ३, २०७६ मंगलबार २०:४८:५४
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा केहि दिनयता हाँसोको पात्र जस्तै भएका छन् । उनी दिनदिनै फरक फरक निर्णयहरु गरिरहेका छन् ।
कहिले सीमा नाकामा मालबाहक सवारी साधनलाई चेक जाँच नगर्नु भन्छन त ,कहिले त्यहि निर्णय सबैलाई होइन हामीले यसो भन्न खोजेको होइन भन्दै विज्ञप्ती जारी गर्छन । यसले सबैलाई भ्रमित पारेको छ ।
आज ७ जना प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’ लाई विप्लव समूहको गतिविधि नियन्त्रणमा लिन निर्देशन दिएका छन् । ‘प्रतिपक्षले साना विषय पनि उचालिरहेका छन्, सचेततापूर्वक काम गर्नू’, गृहमन्त्रीले भनेका छन्, ‘आफूलाई कर्मचारी मात्र नठानी जिम्मेवार नागरिक पनि हुँ भन्ने महसुस गरेर काम गर्नू ।’
मंगलबार गृहमन्त्रालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित उपस्थित नयाँ प्रदेश प्रहरी प्रमुखहरुलाई गृहमन्त्रीले विप्लव समूहसहित विखण्डनवादीको गतिविधि पनि निगरानीमा राख्न निर्देशन दिएका हुन् ।
‘चेकजाँच नगर्नू’ भनी जारी गरेको परिपत्रमा पूर्वआइजी खरेलका ७ टिप्पणी
पूर्व प्रहरी महानिरक्षक (आइजी) अच्युतकृष्ण खरेलले हालै गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई भारतीय मालबाहक ट्रकमा चेकजाँच नगर्नू भनी जारी गरेको परिपत्रमाथि ७ टिप्पणी गरेका छन् ।
सीमापारबाट आउने मालबाहक ट्रकलाई प्रहरी र सम्बन्धित सरकारी अधिकारीले चेकजाँच नगर्नू भनी जारी भएको परिपत्रअनुसार काम भए मुलुकको सुरक्षा अवस्थामा विविध चुनौति हुने खरेलले बताए । उनले भने‘एकाध व्यक्तिबाट कहिँ कमजोरी हुन सक्छ तर त्यो कमजोरी नगर्ने भनेर चेकजाँच नै नगर्नू भनी यसरी सबै निकायलाई अपरिपक्व हिसाबले परिपत्र गर्नू मुलुकको सुरक्षा अवस्थालाई कमजोर बनाउने ताकतका लागि राहत हो ।’ मुलुकभित्रै चेकजाँच गर्दा पनि काठमाडौं उपत्यकामा हालैमात्र ठूलो मात्रामा विस्फोट फेला परेको, कतिपय ठाउँमा पड्कीएको सन्दर्भलाई नबिर्सन उनले सुझाव दिए ।
गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरीका नाममा गृहमन्त्रीस्तरिय निर्णय भन्दै २ जेठमा परिपत्र गरेको थियो । उक्त परिपत्रमा भारतीय नाकाबाट नेपाल भित्रिएका मालबाहक सवारी साधनलाई चेकजाँचका नाममा प्रहरीले दुख दिएको भन्दै २७ बैशाखमा त्यसो नगर्न निर्णय गरिएको पनि उल्लेख थियो ।
खरेल भन्छन्,‘यस्तो निर्णय त मेरो जीवनकालमा पहिलो पटक नै हो देखेको । यदि यो सत्य हो भने यसले मुलुकमा सुरक्षा अवस्थामा निक्कै नराम्रो असर पार्छ । नराम्रो नजिर बस्छ ।’
खरेलले दिएका ७ टिप्पणी यस्ता छन् ।
१) देश भित्र सबै किसिमका अवैध हतियारहरू भित्रिने सम्भावना हुन्छ वा हुदैन ?
२) आतंकवादी समर्थकहरूले विस्फोटक पदार्थहरू ओसारपसार गर्ने माध्यम हुन सक्छन् या सक्दैनन् ?
३) भारतबाट भित्रिने लागुऔषध सहज रुपले भित्रिने सम्भावना हुन्छ या हुदैन ?
४) राष्ट्रिय सुरक्षामा प्रतिकूल असर पर्छ या पर्दैन ?
५) राजस्वमा प्रतिकूल असर पर्छ या पर्दैन ?
६) प्रहरी संगठनको मोरललाई असर गर्छ या गर्दैन ?
७) यसबारे तपाईहरू को धारणा के छ राय पाउँ !
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार