प्रधानमन्त्रीको निर्वाचन क्षेत्रको सडकका लागि चार करोड रकमान्तर, जेठमा मात्र पाँच अर्ब रुपैयाँ रकमान्तर
इन्द्र रिजाल
असार ३, २०७६ बुधबार ०:३५:२१
काठमाडौं। अर्थ मन्त्रालयले आर्थिक वर्षको ११ औँ महिनामा पाँच अर्ब रुपैयाँ रकमान्तर गरेको छ। आर्थिक वर्षको अन्तिममा केही चालु तथा पुँजीगत खर्चको भूक्तानीका लागि पाँच अर्ब पाँच करोड ५० लाख रुपैयाँ रकमान्तर गरेको मन्त्रालयले जनाएको छ।
संघीय सरकारबाटै सञ्चालित ठूला आयोजनाको भूक्तानी तथा स्थानीय एवं प्रदेश तहबाट सञ्चालन भइरहेका आयोजनाका लागि रकमान्तर गरी थप बजेट दिइएको छ। रकमान्तर गरेर माओवादी द्वन्द्व पीडितका हकदारका लागि ३९ करोड रुपैयाँ दिइएको छ। प्रहरी प्रधान कार्यालयलाई चार थान सवारी र दुई थान एम्बुलेन्स खरिदका लागि १५ करोड ५० लाख रुपैयाँ रकमान्तर निकासा दिइएको छ।
पूर्वाधार निर्माणतर्फ अर्थले सबैभन्दा धेरै रकम रानी विराटनगर इटहरी धरान सडक आयोजनाका लागि एक अर्ब रुपैयाँ रकमान्तर गरेको छ। अर्थले प्रदेश नं १ मा सञ्चालन भएर काम सम्पन्न भएका खानेपानी आयोजनाको बिल भूक्तानीका लागि ५० करोड रुपैयाँ रकमान्तर गरिदिएको छ। यसैगरी प्रदेश नं ३ का विभिन्न क्षेत्रमा निर्माण सम्पन्न भएका खानेपानी आयोजनाको बिल भूक्तानीका लागि पनि ३७ करोड रुपैयाँ रकमान्तर गरिएको छ। बेलहिया-बुटवल सडक खण्डमा यसअघि सिर्जित दायित्व भूक्तानीका लागि ४० करोड रुपैयाँ रकमान्तर गरी उपलब्ध गराइएको अर्थले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। संघीय सरकारले बाँके र दाङमा नदी नियन्त्रण आयोजनाका लागि १६ करोड रुपैयाँ रकमान्तर गरी उपलब्ध गराएको छ। जनताको तटबन्ध कार्यक्रमअन्तर्गत पश्चिम राप्ती नदी नियन्त्रणका लागि दाङ र बाँकेमा यो रकम खर्च हुनेछ।
यसैगरी झापाको शिवसताक्षी नगरपालिकाभित्र पर्ने धरमपुर पाँचगाछी सडक स्तरोन्नतीका लागि ४ करोड ५१ लाख रुपैयाँ शशर्त अनुदान हस्तान्तरण गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने यो आयोजनालाई आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरी थप रकम उपलब्ध गराइएको छ।
यसैगरी कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत सिर्जित दायित्व भूक्तानीका लागि २० करोड रुपैयाँ दिइएको छ। जनकपुर-जटही सडक आयोजनाका लागि ४३ करोड रुपैयाँ रकमान्तर निकासा दिइएको छ। यसैगरी नेपाल प्रहरीको कार्यसम्पादन प्रोत्साहन भत्ताका लागि २ करोड ७७ लाख रुपैयाँ उपलब्ध गराइएको छ। महान्यायाधिवक्ताको कार्यालयका कर्मचारीका लागि अतिरिक्त समय काम गरेको भत्तास्वरुप ५ करोड ५० लाख रुपैयाँ दिइएको छ। तीनपटकको निर्णयमार्फत यो पैसा दिइएको छ।
यसैगरी नुवाकोटको बञ्चरेडाँडामा ल्याण्डफिल्ड साइट निर्माणका लागि ११ करोड रुपैयाँ रकमान्तर निकासा दिइएको छ। अर्थ मन्त्रालयले मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका दुईवटा सडक आयोजनाका लागि चार करोड रुपैयाँ उपलब्ध गराएको पनि विवरणमा उल्लेख छ।
अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले विभिन्न आयोजनामा खर्च भइसकेको रकमको भूक्तानी तथा अत्यावश्यक खर्च व्यहोर्न रकमान्तर दिइएको बताए। खर्च नगरी नहुने ठाउँमा हामीले एउटा विधि र प्रक्रियाबाट रकम उपलब्ध गराएका हौँ, उनले भने, खर्च नभएका ठाउँको बजेट खर्च भएका ठाउँमा उपलब्ध गराइएको हो। काम भएका ठाउँबाट भएको मागबमोजिम नै अर्थ मन्त्रालयले रकम उपलब्ध गराउने उनले जानकारी दिए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
कञ्चनपुरका तीन स्थानीय तहमा आजदेखि पाँच दिन विद्युत् आपूर्ति बन्द हुने
माघ ११, २०८१ शुक्रबार
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
माघ ११, २०८१ शुक्रबार
काठमाडौं उपत्यकाको तापक्रम क्रमशः बढ्दै, तराईमा एक सातासम्म कुहिरो नफाट्ने
माघ ११, २०८१ शुक्रबार
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?
माघ ११, २०८१ शुक्रबार
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
माघ १०, २०८१ बिहिबार
आवश्यकताअनुसार औषधि उपलब्ध गराउने गरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल
माघ १०, २०८१ बिहिबार