वर्तमान सरकार लोकतन्त्र र राष्ट्रियताप्रति दृढसंकल्प छ : प्रधानमन्त्री ओली
इन्द्र रिजाल
असार ३, २०७६ बुधबार २:१०:२२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र गणतन्त्र र संघीयता र जनताको शासनकाविरुद्ध अलोकतान्त्रिक शक्तिहरु एकजुट आरोप लगाएका छन् ।
मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र गणतन्त्र र संघीयता र जनताको शासनकाविरुद्ध घोर दक्षिणदेखि घोर वामपन्थीसम्म र अति दक्षिणपन्थीदेखि अति वामपन्थीसम्म एकजुट भएको देखिएको आरोप लगाए ।
त्यस्तै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले असंसदीय र अमर्यादित व्यवहार देखाएको बताए । लोकतान्त्रिक अभ्यास र प्रणालीमा प्रधानमन्त्रीलाई आवश्यक लागेको र राष्ट्रिय महत्वका विषयमा संसद्लाई जानकारी गराउने प्रचलन भएको भन्दै उनले मेरो कुरा नै ठीक भन्ने ‘बालगठ’ प्रस्तुत गर्ने काम प्रमुख प्रतिपक्षीबाट भएकोमा आपत्ति प्रकट गरे ।
प्रधानमन्त्रीको सम्बोधन रोक्नका लागि सदन अवरुद्ध गर्ने, बेलमा नै गएर विरोध गर्ने विषय र सन्दर्भसमेत नभएको उनको भनाइ थियो । कांग्रेसको व्यवहारबाट आफू आश्चर्यचकित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले हरेक विषयमा निहुँ खोज्ने र विरोध मात्रै गर्ने संस्कारसमेत राम्रो नभएको स्पष्ट पारे ।
गुठी विधेयक गुठी संस्थानको संरक्षणका लागि ल्याइएकोसमेत गर्दै प्रधानमन्त्री ओलीले उल्टो भ्रम छरिएको आरोप लगाए । प्राप्त उपलव्धिको रक्षा गर्नु सवैको दायित्व रहेको भन्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार लोकतन्त्र र राष्ट्रियताप्रति दृढसंकल्प रहेको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले परिवर्तनकारी शक्तिहरु नमिल्दा र प्रतिकृयावादी शक्तिसँग मिलेकाले नै २००७ सात सालपछि संविधान बन्न लामो समय लागेको भन्दै २०१७ को घटना भएको स्मरण गराए । प्रधानमन्त्री ओलीले समृद्धि हासिल गर्न सम्बाद र सहकार्यका लागि सरकार खुला रहेको पनि बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार