कर्णाली नदीमा बेपत्ताको खोजी गर्न गोताखोरको टोली हुम्लामा !
इन्द्र रिजाल
असार ४, २०७६ बुधबार १६:२७:५४
हुम्ला । कर्णाली नदीमा मंगलबार बोलेरो जिप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट गोताखारको टोली पठाइएको छ ।
कर्णाली नदीको पानी चिसो र बहाब बढी भएका कारण नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार गर्न नसके पछि काठमाडौंबाट गोताखोरको टोली गएको हो ।
नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टर काठमाडौंबाट चितवन जिल्लाको कुरिनटारमा रहेको गोताखोरको टोलीलाई लिएर बिहानै हुम्ला आउन लागेको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए ।
आवश्यक सामग्री र उपकरणको अभावमा स्थानीय स्तरमा उद्धार गर्न नसकिए पछि थप उद्धारका लागि गोताखोरको टोली आउन लागेको उनको भनाई छ ।
मंगलबार दिउँसो साढे बाह्र बजे खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुतर्फ जाने क्रममा बालु बिसौनी कैल्याभाबालु क्षेत्रमा जिप कर्णाली नदीमा खसेको हो । कर्णाली नदीमा खसेर बेपत्ता भएपछि खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही बेपत्ता भएकी हुन्।
त्यसैगरी बेपत्ता हुनेमा गाडी चालक सिमकोट ८ निबासी मणी शाही, खार्पुनाथ ४ निबासी चन्द्र हमाल, नैन सिंह भण्डारी वडा नम्बर ५ की बसन्ती शाही, १३ वर्षका गोकुल सुनार, नन्ददेबी सिंह खार्पुनाथ १ पिउसकी कौर दमाई र नाम नखुलेका उनका दुई वर्षे छोरा र काठमाडौँ थानकोट निबासी वल्डिङ मास्टर राजु श्रेष्ठ रहेका छन् ।
जिप खसेको स्थान कर्णाली भन्दा २५ देखि ३० मिटर माथि रहेको छ । बुधबार बिहानसम्म केही पनि पत्ता लागेको छैन । जिपमा अरु पनि यात्रु हुन सक्ने तर उनीहरुको बारेमा कुनै जानकारी भएको छैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार