ओली सरकार बिरुद्ध पत्रकार महासंघ कठोर आन्दोलनको तयारीमा
इन्द्र रिजाल
असार ४, २०७६ बुधबार २३:४०:२३
काठमाडौं । गुठी विधेयक फिर्ता लिएपनि सञ्चारसँग सम्बन्धित अनेक निरंकुश विधेयक प्रति सरकारले कुनै चासो नदेखाएको भन्दै नेपाल पत्रकार महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । व्यापक जनदबाबपछि संसदमा पेश भएको गुठी विधेयक फिर्ता लिन ओली सरकार बाध्य भएको थियो ।
तर राज्यको चौथो अंगका रुपमा रहेको पेस जगतप्रति ओली सरकार थप निरंकुश र अनुदार बनेपछि पत्रकार महासंघ कठोर आन्दोलनको तयारीमा जुटेको हो । आज पत्रकार महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गदै महासंघले उठाएका जायज मागलाई यथाशीघ्र सम्बोधन नगरिए प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षार्थ महासंघ कठोर रुपमा प्रस्तुत हुन बाध्य हुने चेतावनी दिएका छन् ।
“संसदमा पेश भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक, सूचना प्रविधिसम्बन्धी विधेयक, विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रस्तावित आमसञ्चारसम्बन्धी विधेयकका कतिपय दफा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विश्वव्यापी मान्यताविरुद्ध देखिएका छन् । अतः लोकतन्त्रको आधारस्तम्भ माथि नै गम्भीर आघात पुग्ने त्यस्ता प्रावधानका विषयमा महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासचिवद्धारा जारी विज्ञप्तिमा भनिएको छ – “नेपाल पत्रकार महासंघले स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, विधिको शासन, विचार तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको रक्षाका लागि अनवरत संघर्ष गर्दै आएको छ । यी मूल्य–मान्यता कमजोर हुँदा लोकतन्त्र बलियो हुन सक्दैन भन्ने महासंघको दृढ अडान रहँदै आएको छ ।
यसै परिप्रेक्ष्यमा पछिल्ला दिनमा सरकारले लोकतन्त्रका स्थापित मूल्य–मान्यतामाथि खलल् पुग्नेगरी विभिन्न कानुन निर्माण प्रक्रियालाई तीब्र पारेको छ । खासगरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध उपभोग तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने गरी मस्यौदा तयार भई संसदमा पेश भएका छन् ।”
“संसदमा पेश भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक, सूचना प्रविधिसम्बन्धी विधेयक, विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रस्तावित आमसञ्चारसम्बन्धी विधेयकका कतिपय दफा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विश्वव्यापी मान्यताविरुद्ध देखिएका छन् । अतः लोकतन्त्रको आधारस्तम्भ माथि नै गम्भीर आघात पुग्ने त्यस्ता प्रावधानका विषयमा महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघले प्रेस स्वतन्त्रताविरोधी यस्ता प्रावधान सच्चाउन निरन्तर सजग गराउँदै आइरहेको पनि छ । यद्यपि आजका दिनसम्म सरकारका तर्फबाट ठोस ढंगले समस्या समाधान गर्न कुनै चासो र चिन्ता देखिएको छैन ।
संविधानको प्रस्तावनामा व्यवस्थित पूर्ण प्रेस स्वतन्त्रताको आधार स्तम्भ नै खलबलिने गरी ल्याइएका विधेयकका यस्ता प्रावधानले आमसञ्चार र सञ्चारकर्मीको भविष्य नै अन्धकारमा धकेलिने खतरा टड्कारो बन्दै गएको छ । प्रेसमाथि संकुचन र नियन्त्रण गर्नु भनेको अन्ततः लोकतन्त्रमाथिकै आक्रमण हो भन्ने महासंघको ठहर छ”-महासचिवद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
तेस्रो चरणको आन्दोलनसम्म आइपुग्दा पनि सञ्चार जगतले उठाएका जायज मागहरुलाई सम्वोधन गर्नेतर्फ सरकार उदासिन देखिएकोमा महासंघले दुःख प्रकट गरेकाे छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जारी आन्दोलन अझै बृहत सहभागितामा सशक्त ढंगले अघि बढाउने महासंघकाे तयारी छ । प्रेस विरोधी सञ्चार कानुनहरुमा रहेका प्रावधान खारेज गर्न महासंघले पुनः जोडदार माग गरेकाे छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार