आज बिहानैदेखि देशभरको मौसम बदली : मेघ गर्जनसहित वर्षाको सम्भावना
इन्द्र रिजाल
असार ५, २०७६ बिहिबार १३:३०:५४
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहीबार देशका पूर्वी क्षेत्रमा मनसुनी गतिविधि बढेको जनाएको छ । पूर्व क्षेत्रबाट मनसुन भित्र्याउने पूर्वी वायु प्रवेश गरेको र मनसुनी गतिविधि बढेको हो ।
आज विभागका अनुसार ‘विशेष गरी पूर्व र मध्यमा मनसुनी गतिविधि बढेको छ । मनसुन भित्रिएको घोषणा गरिसकेका छैनौँ । अब बेलुका वा भोलिसम्ममा औपचारिक रुपमा मनसुन भित्रिएको घोषणा गर्ने तयारी छ।’
पश्चिमका क्षेत्रमा पश्चिमी वायुको प्रभाव अब हड्दै जाने क्रममा रहेको मौसमविदले बताएका छन् । मनसुन भित्रिनका लागि पश्चिमी वायुको प्रभाव पूर्णरुपमा हट्नु पर्छ ।
मनसुन सक्रिय हुनका लागि कम्तिमा वायुमण्डलको तल्लो तहको तल्लो सतहमा पश्चिमी वायुको प्रभाव रहनु हुँदैन । अर्थात त्यसलाई पूर्वी वायुले विस्थापित गर्नु पर्छ ।
पूर्वबाट प्रवेश गरेको मनसुन बिस्तारै मध्य तिर सर्ने छ । पश्चिमसम्म पुग्नका लागि भने समय लाग्नेछ। नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रने गर्छ । तर यो वर्ष १० दिन ढिला भइसकेको छ ।
यसैबिच देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व तथा मध्य क्षेत्रमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुने जनाइएको छ । पूर्व र मध्यका केही तथा पश्चिमका थोरै ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार
कृषि विकास बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार