हिमनदी तीव्र दरमा पग्लँदै, नेपालका सहित करोडौँ मानिस जोखिममा !
इन्द्र रिजाल
असार ५, २०७६ बिहिबार १७:५:१५
काठमाडौं । शीतयुद्धकालीन जासुसी भूउपग्रहहरूले खिचेका तस्बिरहरूले हिमालयका हिमनदीहरूमा भइरहेको परिवर्तनको नाटकीय स्तर देखाएका छन्।
अमेरिकी जासुसी भूउपग्रहहरूले खिचेका तस्बिरहरू विश्लेषण गरेका न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अघिल्लो २५ वर्षको तुलनामा गत दुई दशकमा हिमनदीहरूको बरफ पग्लने दर दोबर बढेको पत्ता लगाएका छन्।
वैज्ञानिकहरूले अमेरिकी जासुसी भूउपग्रहले विगतमा खिचेका तस्बिरसँग हालसालैका अन्तरिक्ष यानका तस्बिर दाँज्दा सो क्षेत्रमा गत ४० वर्षमा हिमनदी दोबर दरले पग्लिएको निचोड निकालेका छन्।
सन् २००० यता हिमनदीका उचाइ प्रति वर्ष औसतमा आधा मिटरले कम हुँदै गएको सो अध्ययनले देखाएको छ। ‘यस अध्ययनमार्फत् हामीले हिमालयका हिमनदीहरूमा भएका परिवर्तनको सबभन्दा स्पष्ट तस्बिर देखेका छौँ,’ अनुसन्धानकर्ता जोसुआ मररले बताए।
सो अनुसन्धान साइन्स एडभान्सेस नामक जर्नलमा प्रकाशित भएको छ। जलवायु परिवर्तनलाई अनुसन्धानकर्ताहरूले यसको मुख्य कारण बताएका छन्। उक्त अनुसन्धानको अगुवाइ गरेका जोसुआ मरर भन्छन् दक्षिण एसियाका मानिसहरूमाथि यसको गम्भीर असर पर्न सक्छ।
‘हिमनदीहरू खुम्चँदै जाँदा तिनले नदी प्रणालीलाई पुर्याउने योगदान कम हुँदै जानेछन्। यसले तल्लो तटमा बस्ने करोडौँ मानिसहरूका लागि पानी आपूर्तिमा असर पर्छ। साथै थप सुख्खा क्षेत्र हुनेछन् किनकि मनसुन सक्रिय नभएका बेला यिनै हिमनदीले पानी प्रवाह गर्छन्,’ मररले बताए।
कसरी पत्ता लगाइयो ?
सन् १९७० तथा १९८० ताका एक अमेरिकी जासुसी कार्यक्रम थियो जसको गोप्य नाम हेक्जागन राखिएको थियो। सो कार्यक्रम अन्तर्गत २० वटा भूउपग्रह पृथ्वीको गोप्य फोटोहरू खिच्न अन्तरिक्षमा पठाइएको थियो।
ती फोटोहरू फिल्मका रोलमा खिचिएका थिए जसलाई भूउपग्रहले पृथ्वीको वायुमण्डलमा खसालिदिन्थ्यो र तिनलाई सैनिक विमानहरूले सङ्कलन गर्थे। यसरी खसालेका ती गोप्य तस्बिरलाई सन् २०११ मा खुला गरियो।
तिनलाई अमेरिकी भौगर्भिक सर्वे निकायले डिजिटल फर्म्याटमा ढालेर वैज्ञानिकहरूको प्रयोगका लागि उपलब्ध गराइएको थियो।
ती तस्बिर हालसालै नासा तथा जापानी अन्तरिक्ष निकायले खिचेका तस्बिरसँग दाँज्दा अनुसन्धानकर्ताहरूले सो क्षेत्रमा भएका परिवर्तन पत्ता लगाए।
कोलम्बिया विश्वविद्यालयको टोलीले २ हजार किलोमिटरमा फैलिएका ६५० हिमनदी अध्ययन गरे। टोलीले पत्ता लगायो कि सन् १९७५ र २००० को बीचमा प्रत्येक वर्ष औसत ४ अर्ब टन बरफ पग्लन्थ्यो।
तर सन् २००० र २०१६ को बीचमा त्यो दर दोबर भयो र ८ अर्ब टन पुग्यो। वैज्ञानिकहरू भन्छन् यी नोक्सानीले गम्भीर असर पार्छन्।अल्पकालमा, तिनले बाढी निम्त्याउन सक्छन्।
दीर्घकालमा, सुख्खा याममा हिमनदी पग्लिएर आउने पानीमा निर्भर दशौँ लाख मानिसहरू वास्तविक कठिनाइमा पर्न सक्छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार
कृषि विकास बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार