प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त हुँदा जिल्ला इञ्चार्ज पौडेलको मृत्यु !
इन्द्र रिजाल
असार ५, २०७६ बिहिबार २२:३५:४९
काठमाडौं । सरकारले विप्लवका कार्यकता माथि बढाएको निगरानीमा विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका छन्। बिहीबार दिउँसो सर्लाहीको लालबन्दीमा प्रहरी कारबाहीमा उनी मारिएको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले नेपाल बहस डटकमलाई जानकारी दिए।
उनका अनुसार मोटरसाइकलमा आइरहेका चार जनाले प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी कारबाहीमा गोली हानेको थियो। ती चारजना मध्ये प्रहरीको गोली प्रहारबाट एक जना मारिएका थिए भने तीन जना भागेको पोखरेलले जानकारी दिए।
दुईवटा मोटरसाइकलमा आएका उनीहरु प्रहरीसँग भिड्न नसकेपछि जंगलतिर भागेका थिए। उनीहरुका दुईवटा मोटरसाइकल अहिले प्रहरी नियन्त्रणमा छन्। तीमध्ये एउटा अनटेस्ट लेखेको एफ जेड मोटरसाइकल छ भने अर्को ना २२ प ६४ नम्बरको १५० सिसीको पल्सर रहेको प्रहरीले जानकारी दिएको छ। पौडेलको झोलाबाट थ्री नट थ्री पेस्तोल र कटुवा बन्दुक बरामद भएको दाबी पनि प्रहरीले गरेको छ।
विप्लव समूहका ५ जना नेता पक्राउ
यसैबिच, नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका ५ जना नेता उपत्यकाबाट बिहीबार पक्राउ परेकाे महानगरीय अपराध अनुसन्धान महाशाखाले जानकारी िदएकाे छ ।
पक्राउ पर्नेमा रामेछापका पार्टी इन्चार्ज कुलदीप तामाङ, दोलखा इन्चार्ज यादव दाहाल, सेक्रेटरी विशाल जिरेल, विद्यार्थी संगठनको ताम्सालिङ ब्युरो अध्यक्ष मुकुन्द श्रेष्ठ र उदयपुर जिल्लाको विद्यार्थी संगठन अध्यक्ष विशाल तामाङ छन्। उनीहरुलाई काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
उनीहरुका साथबाट विप्लव समूहको पर्चा भेटिएका छन्। समूहले बिहीबार साँझ उपत्यकामा राँके जुलुस निकाल्ने घोषणा गरेको र त्यही सिलसिलामा उनीहरु काठमाडौँ भित्रिएको हुनसक्ने प्रहरीले आशंका गरेको थियो।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार