आजबाट यो बर्षको मनसुन सुरु, तीन वटा प्रदेशमा औसत भन्दा कम वर्षा !
इन्द्र रिजाल
असार ५, २०७६ बिहिबार २३:३८:१६
काठमाडौं । यो वर्षको मनसुनी वर्षा १० दिन ढिलो शुरु भएको छ । बिहीबारदेखि नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले औपचारिक जानकारी दिएको छ । गत वर्ष भने ८ जुनमै मनसुन शुरु भएको थियो ।
जल तथा मौसम विज्ञान विभागकी मौसमविद मन्जु बासीका अनुसार मनसुन पूर्वी नेपालबाट प्रवेश गरेर क्रमशः मध्य क्षेत्र हुँदै पश्चिमतर्फ फैलिन्छ । विभागका अनुसार सन् १९७९ मा मनसुन जम्मा ७३ दिनको थियो ।
विभागले त्यसलाई अहिलेसम्मको सबैभन्दा छोटो मनसुनको रुपमा लिएको छ । २००८ मा सबैभन्दा लामो अर्थात १३० दिनको मनसुन थियो । सबै भन्दा छिटो मनसुन १९९६ मे ३१ मा शुरु भएको थियो । १९८२ जुन २७ मा शुरु भएको मनसुनलाई अहिलेसम्मकै ढिलो मनसुन मानिएको छ ।
तीन वटा प्रदेशमा औसत वर्षा
साधारणतया नेपालमा ८ जुनमा शुरु भएको मौसम २३ सेम्टेम्बरसम्म मनसुन रहन्छ । यो अवधीमा वार्षिक वर्षाको ८० प्रतिशत पानी पर्छ । महाशाखाले यो वर्ष प्रदेश १, २, ३ र ५ का केही भूभागहरूमा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको छ ।
गण्डकी, कर्णाली र सुदुरपश्चिममा भने औसत वर्षा हुने उसको अनुमान छ । मौसमविद् बासीका अनुसार स्थान विशेषको ३० वर्षको औसत वर्षा हो । त्यो औसत वर्षाको ९० देखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा भनिन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार