मन्त्रीहरुले संसदमा आज जवाफ दिदै
इन्द्र रिजाल
असार ६, २०७६ शुक्रबार १५:३४:२२
काठमाडौँ । संसदमा आर्थिक वर्ष २०७६/७७ का लागि मन्त्रालगत रुपमा विनियोजन गरिएको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ आजदेखि सम्बन्धित मन्त्रीले दिँदैछन् ।
जेठ २८ गतेदेखि सुरु भएको मन्त्रालगत छलफल बिहीबार सकिएको थियो । सभामुख कृष्णबहादुर महराका अनुसार शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय युवा तथा खेलकूद मन्त्रालयसँग सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।
मन्त्री जवाफ दिएपछि मन्त्रालगत विनियोजको छलफलमा भाग लिएका सांसदहरुले पुरक प्रश्नसमेत सोध्न पाउने छन् । शनिबार बाहेक असार १० गतेसम्ममा मन्त्रीहरुले जवाफ दिइ सक्ने गरी सचिवालयले संभावित कार्यसूची तयार पारेको छ ।
शुक्रबार बिहान ११ बजे बैठक बोलाइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन
मंसिर १२, २०८१ बुधबार
सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल
मंसिर १२, २०८१ बुधबार
नेपाल स्वास्थ्य सम्मेलन आगामी पुसमा हुने
मंसिर १२, २०८१ बुधबार
अनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १२, २०८१ बुधबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार