पूर्व तथा मध्य क्षेत्रमा मनसुनको प्रभाव, लगातारको वर्षाका लागि अझै पर्खिनु पर्ने
इन्द्र रिजाल
असार ७, २०७६ शनिबार १४:२१:४०
काठमाडौं । पूर्वबाट भित्रिएको मनसुन बिस्तारै मध्य हुँदै पश्चिम तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दुई दिनअघि भित्रिएको मनुसनको गतिविधि बिस्तार हुँदै गएको र सोमबारसम्म सुदूरपश्चिमका क्षेत्रसम्म मनसुनको प्रभाव पुग्ने देखिएको मौसमविद समिर श्रेष्ठले बताएका छन् ।
पूर्व तथा मध्य क्षेत्रमा भने मनसुनको प्रभाव देखिन थालेको छ । हाललाई लगातारको झरी पर्ने सम्भावना नरहे पनि रोकिँदै पानी पर्ने मौसमविद श्रेष्ठले बताए । लगातारको वर्षाका लागि अझै केही समय पर्खिनु पर्ने बताइएको छ ।
यसैबिच शनिबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने छ । पूर्व र मध्य क्षेत्रको मौसम सामान्य बदली हुने र पश्चिम क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद श्रेष्ठले बताएका छन् ।
मध्य र पश्चिमका केही क्षेत्रमा बिहान मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । यस्तै पूर्वी क्षेत्रका धेरै स्थानमा मेघ गर्जनसहित मध्यम खालको वर्षा हुने देखिएको मौसमविदले जनाएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
प्रचण्डले गरे पाण्डवेश्वर मन्दिरको अवलोकन
माघ १२, २०८१ शनिबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार