वीर अस्पतालमा रेशम चौधरीमाथि किन भयो यस्तो अमानवीय व्यवहार ?
इन्द्र रिजाल
असार ७, २०७६ शनिबार १५:१०:२
काठमाडौं । हामी नेपाली हाम्रो समाज हर कुरामा उखानसंग जोडेर कुरा गरिने परम्परा जस्तै भनेको छ । त्यहि समाजका हामी पनि उखान बिना अछुतो कहाँ छौ र नेपाली समाजमा एउटा भनाइ छ, ‘खाने बेलामा कैदीले पनि सुख पाउँछ । तर, निलम्बित सांसद रेशम चौधरीमाथिको व्यवहार हेर्ने हो भने अमानवियताको पनि पराकाष्टा नाघेको छ ।
टिकापुर हत्याकाण्डका आरोपी चौधरी जिल्ला अदालत कैलालीको आदेशमा जेलमा छन् । उनीसहित ११ जनालाई गत फागुनमा जिल्ला अदालत कैलालीले सर्वश्वहरणसहित जन्मकैदको फैसला सुनाएको थियो ।
डिल्लीबजार कारागारमा रहेका चौधरीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ । रातदिन सुरक्षाकर्मीले पहरा दिइरहेका छन् । त्यतिसम्म त स्वाभाविकै हो, तर उनलाई अस्पतालको शैय्यामा समेत हातमा हथ्कडी र खुट्टामा नेल लगाइएको छ ।
ढाडको नशामा समस्या देखिएपछि उनलाई बिहीबार साँझ अस्पताल लगिएको हो । वीर अस्पताल प्रशासनले चौधरीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ । बस्न र उठ्नसमेत अरुको सहारा चाहिले चौधरीलाई किन नेल र हथ्कडी लगाइएको होला भनेर अस्पतालमा रहेका अन्य बिरामी, बिरामी कुरुवा र चिकित्सक तथा स्वास्थ्यकर्मीले समेत प्रश्न गरिरहेका छन् ।
संविधानको विरोधमा ०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको प्रदर्शनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ९ जनाको ज्यान गएको थियो । चौधरी सोही घटनाका मुख्य आरोपी हुन् । घटनापछि लामो समय भारतमा भूमिगत बसेका उनी भूमिगत रुपमै प्रतिनिधिसभा निर्वाचनमा कैलाली–१२ बाट राजपाका तर्फबाट निर्वाचित भएका हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार