उपचाररत बन्दी चौधरीको खुट्टामा फलामको नेल लगाउनेलाई तत्काल कारवाही हुन्छ : प्रधानमन्त्री ओली
इन्द्र रिजाल
असार ७, २०७६ शनिबार १९:३२:१४
काठमाडौं । कैलालीको टीकापुर घटनामा संलग्न भएको अभियोगमा जन्मकैदकाे सजाय भोगिरहेका सांसद रेशम चौधरी गम्भीर बिरामी परेका छन्। डिल्लीबजार जेलमा जन्मकैदको सजाय भोगिरहेका सांसद चाैधरी बिरामी परेपछि वीर अस्पतालमा भर्ना गरिएको छ। वीर अस्पतालको शैय्यामा उपचाररत चौधरीको खुट्टामा बाधिएको नेल खोलिएको छ।
जेल प्रशासनले उनलाई भाग्न नदिन खुट्टामा नेल बाँधेर राखेको हो । उनलाई नेल बाँधिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएसँगै पक्ष-विपक्षमा टिप्पणी सुरु भएको छ। कतिपयले रेशम नरसंहारमा दोषी भएर कर्तव्य ज्यानमा सजाय भोगिरहेकाले नेल लाउनु अनौठो नभएको बताएका छन्।
सांसद भइसकेको व्यक्तिलाई अस्पतालको बेडमै नेलकडी बाँधेर उपचार
शनिबार बिहान नेपालबहस डटकमको टोली उनलाई भेट्न वीर अस्पताल पुगेको थियो । वीर अस्पतालको क्याविन नम्बर ५ मा उनलाई भेट्न आउने उनका समर्थकले भने निर्वाचित सांसदको खुट्टा नेल बाँधेर सरकारले जनमतको अपमान गरेको गुनासो गरेका छन्।
समस्या यस्तो छ
लामो समयदेखि हाडजोर्नी सम्बन्धी समस्या झेलिरहेका उनी १५ दिनदेखि वीर अस्पतालमा दैनिक थेरापी गरिरहेका थिए। तर पछिल्लो समय शरीर नै कुप्रो परेपछि उनलाई बिहीबार वीरको आकास्मिक कक्षमा पुनः भर्ना गरिएको हो। चौधरीको बोनम्यारोमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको उनका भाई मीठूलाल चौधरीले बताए।
१४ किलोको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो ?
फोक्सोमा पनि समस्या ः यस्तै चौधरीको फोक्सोमा समेत गम्भीर समस्या भएको चिकित्सकहरूले बताएकाे मीठूलालले बताए। ‘चिकित्सका अनुसार अहिले उनको अवस्था सामान्य बन्दै गइरहेको छ । दाजुको स्वास्थ्य गम्भीर छ भनेका छन्’, उनले भने, तर सांसद भइसकेको व्यक्तिलाई अस्पतालको बेडमै नेलकडी बाँधेर राखिएको थियो ।
आज एमआरआइ गरिदै
हाल रेशमलाई वीरको पाँच नम्बर क्याबिनमा राखेर उपचार भइरहेको छ। यसैबीच, डा. बाबुराम भट्टराई टीकापुर हत्याकाण्ड घटाएको अभियोगमा कैद भुक्तान गरिरहेका रेशम चौधरीको उपचारमा सरकारले अपनाएको रवैयाप्रति समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन् ।
शुक्रबार साँझ भट्टराई लगायतका केही शीर्ष दलका नेताहरु चौधरीलाई भेट्न अस्पताल पुगेका थिए । नेलमा बाधिएका चौधरीको आज एमआरआइ गरिदै छ । शनिबार बिहान मात्र खुट्टामा बाँधिएको नेल खोलेपछि चौधरी भन्छन्, म कहाँ भागेर जाने थिए र ? यसरी नेल लगाएर नि उपचार गर्ने रैछन् । म आफै विरामी भएर केही गर्न नसक्ने अवस्थामा हुँदा नेल लगाएर उपचार गर्दा गाह्रो भयो ।
चौधरीको खुट्टामा फलामको नेल लगाइएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको चासो
यसैबीच, वीर अस्पतालमा उपचाररत बन्दी रेशम चौधरीको खुट्टामा फलामको नेल लगाइएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएका छन् । अस्पतालको बेडमै सांसद चौधरीलाई नेल लगाएर राखिएको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले यस घटनामा चासो दिएका हुन् ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टामा नेल लगाउनेहरुलाई तत्काल कारवाही गर्न निर्देशन दिएकाे जानकारी चाैधरीले हामीलाई सुनाए । २०७२ भदौ ७ गते टीकापुर सात प्रहरीसहित ८ जनाको हत्या भएको घटनामा कैलाली जिल्ला अदालतले रेशमलाई प्रमुख दोषी मानेको थियो।
उनी १५ महिनादेखि जेलमा छन्। कैलाली जिल्ला अदालतले सांसद रेशमसहित ११ जनालाई जन्मकैद फैसला गरेको थियो। चौधरीलाई जेलबाट नै सिंहदरबार संसद भवनमा लगेर शपथग्रहण गराइएको थियो । शपथग्रहण लगत्तै पुन उनलाई जेल फिर्ता लगिएको थियो। चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट ३४ हजार ३४१ मत ल्याएर चुनाव जितेका थिए।
वीर अस्पतालमा रेशम चौधरीमाथि किन भयो यस्तो अमानवीय व्यवहार ?
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार