डोनाल्ड ट्रम्पको पत्र लाई उत्तर कोरियाली नेता किम जोङद्वारा प्रशंसा
इन्द्र रिजाल
असार ८, २०७६ आइतबार १५:४०:३६
काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पत्र पठाएका छन् । दक्षिण कोरिया भ्रमणको तयारीमा जुटिरहेका ट्रम्पले त्यसको पूर्वसन्ध्यामा उत्तर कोरियाली नेतालाई पत्र पठाएका हुन् ।
ट्रम्पले पठाएको पत्र किमले प्राप्त गरिसकेको उत्तरकोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ ।
पत्रमा ट्रम्पले उल्लेख गरेका विषयवस्तुबारे केही बताइएको छैन । पत्र कहिले र कसरी प्रेषित गरियो भन्ने पनि सार्वजनिक गरिएको छैन ।
यसै साता अमेरिकासँग दुरी बढेको चीनका राष्ट्रपति सि जिनपिङले उत्तर कोरियाको भ्रमण गरेका थिए । त्यसलगत्तै ट्रम्पले किमलाई पत्र पठाएको समाचार सार्वजनिक हुनुलाई अर्थपूर्ण मानिएको छ ।
किमले ट्रम्पको पत्रलाई उत्कृष्ट र असाधारण साहस भन्दै प्रशंसा गरेका छन् । उत्तर कोरियाको केसीएनए न्युज एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले किमले पत्र प्राप्त गरेपछि गम्भीर विषयलाई गम्भीरतापूर्वक मनन गर्ने बताएको उल्लेख गरेको छ ।
यो महिनाको सुरुमा ट्रम्पले उत्तर कोरियाली नेतामार्फत किमलाई सुन्दर पत्र प्रेषित गरेको बताएका थिए ।
लामो समय तिक्त सम्बन्धमा रहेका अमेरिका र उत्तर कोरिया गत वर्षदेखि नजिकिएका छन् । यसबीचमा सिंगापुर र भियतनाममा शिखर वार्ता भइसकेको छ ।
अमेरिकाले परमाणु कार्यक्रम त्याग्न उत्तर कोरियालाई प्रस्ताव राख्दै आएको छ भने प्योङयाङले प्रतिबन्धका लागि राहत दिनुपर्ने माग राख्दै आएको छ । यही अडानका कारण भियतनाममा गत फेब्रुअरीमा भएको वार्ता विनानिष्कर्ष विराम लागेको थियो ।
यद्यपि, पछिल्ला केही महिनादेखि किमसँग हार्दिकतापूर्वक संवादको प्रयासमा ट्रम्प लागेका छन् । यो महिनाको सुरुवातमा ट्रम्पले किम अत्यधिक क्षमता भएको नेता भन्दै प्रशंसा गरेका थिए । मे महिनाको जापान भ्रमणका क्रममा पनि ट्रम्पले किमको प्रशंसामा शब्द खर्चिंदै भनेका थिए( किम तीक्ष्ण क्षमता भएका असाधारण युवा ।
बीबीसीकी सिउल संवाददाता लाउरा बिकरले ट्रम्पको पत्राचार र पछिल्ला घटनाक्रमलाई उपलब्धिका रुपमा विश्लेषण गरेकी छन् । दुई देशबीचको सम्झौता प्रयास असफल भएपछिको यो मुख्य प्रगति भएको उनको भनाइ छ । उत्तर कोरियासँग पत्र आदानप्रदान ट्रपको दक्षिण कोरिया भ्रमणको पूर्वसन्ध्यामा भएकाले यसलाई उल्लेखनीय मान्नुपर्ने विश्लेषण पनि उनले निकालेकी छन् ।
ट्रम्पले अर्को साता दक्षिण कोरियाको भ्रमण गर्दैछन् । भ्रमणका क्रममा उनले दक्षिण कोरियाली समकक्षी मुन जाई इनलगायतसँग भेटघाट गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
असोज ३, २०८१ बिहिबार
कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?
असोज ३, २०८१ बिहिबार
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार