कुमार पौडेलको मृत्यु घटनाले पञ्चायतकालको झझल्को दियोः जनार्दन शर्मा
इन्द्र रिजाल
असार ८, २०७६ आइतबार १८:५७:७
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पूर्व गृहमन्त्री तथा सांसद जनार्दन शर्माले सर्लाही घटनाले पञ्चायतकालको झझल्को दिएको बताएका छन् ।
गत असार ५ गते सर्लाहीको लालबन्दीमा ुप्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएकोु भन्ने सरकारी पक्षको भनाइ सही नभएको जनाउँदै भने, ‘उक्त घटनाले पञ्चायती बर्बरताको झझल्को दिएको छ ।’
उनले यस विषयमा गृहमन्त्रीले समितिमा आएर स्पष्ट पार्नुपर्ने बताए । उनले भने, ‘हातखुट्टा भाँचेर मारिएको भन्ने कुरा बाहिर आएको छ । तुरुन्तै गृहमन्त्रीलाई बोलाएर यथार्थ कुरा के हो हामीलाई जानकारी गराउनुपर्यो ।’
समाचारमा आएजस्तो हातखुट्टा भाँचेर मारिएको हो भने यस्तो काम राज्यले गर्न नपाउने शर्माको भनाइ थियो ।
समिति सभापति शशी श्रेष्ठले गृहमन्त्री रामबाहदुर थापालाई भोलि बैठकमा बोलाइने जानकारी दिइन् ।
यसैबीच बैठकमा आज दैवी प्रकोपबारे छलफल गर्ने कार्यतालिका भएपनि भोलि गृहमन्त्री बैठकमा बोलाइने भन्दै यसको छलफल भोलि नै सारिएको छ ।
छलफलका क्रममा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा समिति सदस्य दीलेन्द्रप्रसाद बडूले सर्लाही घटना, विधेयक लगायतका विषयमा छलफल गर्नका लागि प्रधानमन्त्रीलाई नै बोलाउनुपर्ने धारणा राखेका थिए । उनले भने, ुसरकारले गरेको काम र प्रस्तुत गरेको विधेयकबारे देशैभरी विरोध भइरहेको छ । तर सरकारले अनावश्यक विरोध भयो भन्ने बुझेको छ । त्यसैले विस्तृतमा छलफल गर्न प्रधानमन्त्री नै बोलाऔं’
तर सभापति श्रेष्ठले अहिले गृमन्त्रीलाई बोलाइने र आवश्यक परेमा प्रधानमन्त्रीलाई नै बोलाइने जवाफ दिइन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार