पश्चिममा ठूलो वर्षा : नदीमा पानीले सतर्कता तह पार गर्यो, सुरक्षित रहन चेतावनी
इन्द्र रिजाल
असार ८, २०७६ आइतबार १९:३१:२७
काठमाडौं । बिहीबारदेखि सक्रिय भएको मनसुनका कारण आइतबार पश्चिम नेपालमा ठूलो वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाले नेपालगञ्ज आसपासमा वर्षाले सतर्कता तह पार गरेको जनाएको छ ।
वर्षा हुने क्रम जारी रहेकोले डुवानको खतरा देखिएको छ ।आपतकालिन कार्यसञ्चालन केन्द्रले सतर्क रहन आग्रह गरेको छ ।
‘हाल दिनको एक बजे नेपालगञ्ज वर्षामापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको छ र वर्षा हुने क्रम जारी छ। चुरेबाट शुरु भइ बाँके जिल्ला भएर बहने डुडुवा, मानखोला, झिंझरी लगायत स–साना सवै खोलानाला आसपास सतर्क रहौँ।
नेपालगञ्ज उमनपाको होचा स्थानहरुमा पनि डुवान हुनसक्छ सतर्क रहौँ’, आपतकालिन कार्यसञ्चालन केन्दले सूचना जारी गरेर भनेको छ ।
यसैबिच, गत असार ०५ गतेदेखि पूर्वी भेगबाट नेपालमा प्रवेश गरेको मनसुन क्रमश मध्य भू-भाग हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा आज असार ०८ गते सुदुर पश्चिम सम्मै फैलेको जल तथा मौसम विज्ञान विभाग, जलवायु शाखाले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार