कर्णालीमा निरन्तर वर्षा : आकाशे पानीको भर परेका किसान खेतबारीमा ब्यस्त !
इन्द्र रिजाल
असार ८, २०७६ आइतबार २०:९:३६
सुर्खेत । ब्याड राख्ने र रोपाइँ गर्ने प्रतिक्षामा रहेका किसान वर्षात् हुँदा खुशी भएका छन् । लामो खडेरीका कारण रोपाइँको सुरसार गर्न नपाएका कर्णालीका किसान गएरातिदेखि निरन्तर वर्षा हुँदा खेतबारीमा ब्यस्त हुन थालेका छन् ।
गत वर्ष यतिबेला कर्णालीका अधिकांश किसानले रोपाइँ सकिसकेका थिए । यस वर्ष पानी नपर्दा सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले अझै पनि धानको ब्याडसमेत राख्न पाएका छैनन् ।
आकाशे पानीको भर परेका सुर्खेतका किसान रोपाइँका लागि ब्याड राख्ने तयारीमा जुटेका छन् । सुर्खेत कर्णाली प्रदेशमै बढी धान उत्पादन हुने जिल्ला हो । यहाँ ५४ हजार १५२ मेट्रिकटन धान उत्पादन हुने तथ्याङ्क छ ।
कर्णालीमा सबैभन्दा बढी जुम्लामा ९० प्रतिशत रोपाइँ सकिएको छ । हिमाली क्षेत्र भएकाले जुम्लामा चैतबाटै धान रोप्न शुरु हुन्छ । अन्य जिल्लामा रोपाइँ अझै शुरु हुनसकेको छैन । कृषि निर्देशनालयका अनुसार सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले बीउ राख्न पाएका छैनन् । खोलाका आसपास र सिचाइँ हुने जमीनमा मात्र रोपाइँ सम्पन्न भएका हुन् ।
कृषि निर्देशनालय सुर्खेतका प्रशासन प्रमुख टेकबहादुर शाहीले केही उच्च पहाडी जिल्लाको तुलनामा सुर्खेतमा ढिला गरी वर्षा शुरु भएको बताए। “आकाशे पानीको भर पर्ने किसानले अब ब्याड राख्न शुरु गर्दैछन्”, उनले भने, “गत वर्ष जेठ दोस्रो साता नै खेत जोतिसकेका थिए, यही समयमा ५० प्रतिशत रोपाइँ भइसकेको थियो ।” यस वर्ष ढिला रोपाइँ शुरु हुँदा उत्पादनमा ह्रास आउन सक्ने उनको अनुमान छ ।
कर्णाली प्रदेशमा सिँचाइयोग्य ६८ हजार ३३५ हेक्टरमध्ये २६ प्रतिशत मात्र खेतीयोग्य जमीन छ । खडेरीका कारण कर्णालीका सात प्रतिशत किसानले मात्र बीउ राख्न पाएको निर्देशनालयले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार