जर्मनीको अर्थतन्त्र निरन्तर कमजोर, एक बर्ष यता उत्पादन क्षेत्रमा गिरावट !
इन्द्र रिजाल
असार ९, २०७६ मंगलबार ३:२२:३३
एजेन्सी । जर्मनीमा व्यापारिक गतिविधिले लगातार ओरालो लागेपछि यहाँको व्यवसायिक नेतृत्वको ‘सोच थप चिसिएकोे’ जर्मनीको इन्टिच्युट फर इकोनोमिक रिसर्च ‘आइएफओ’ ले म्यूनिकमा सोमबार सार्वजनिक गरेको व्यवसायिक अध्ययन प्रतिवेदनले देखाएको छ ।
आइएफओका अध्यक्ष क्लेमेन्स फुएस्टले भने, “जर्मनीको कर्पोरेट सूचकाङ्कले यहाँको अर्थतन्त्र निरन्तर कमजोर बनिरहेको देखाएको छ । गत मे महिनासम्म ९७.९ अङ्क मापन भएको सुचकाङ्क जुनमा थप ०.३ अङ्क घटेर ९७.४ कायम भएको छ ।”
जर्मनीका कम्पनीहरू आगामी महिनामा कारोबार सुध्रिनेमा निकै आशावादी देखिएका छैनन् । विश्लेषकहरूले मे महिनामा व्यवसायिक बजारमा थप गिरावट आई ९५.२ कायम हुने र आगामी छ महिनामा यसबाट थप एक अङ्कको गिरावट आउने जनाएका छन् ।
तर यसै समयमा जर्मनेली कम्पनीहरूले भने आफ्नो वर्तमान अवस्थालाई सामान्य सुधारको अवस्थामा रहेको देखिएको बताएका छन् । कम्पनीहरूको आन्तरिक मूल्याङ्कनमा व्यवसायिक बजारको सूचकाङ्क १००.८ अङ्क कायम भएको यो अघिल्लो महिनाको तुलनामा ०.१ प्रतिशतले वृद्धि हो ।
जर्मनीको औद्योगिक उत्पादन सामग्रीको व्यवसायिक सूचकमा पुनः गिरावट देखिएको छ । यद्यपि यो यस बर्षका लागि प्रक्षेपण गरिएको सूचकाङ्कभन्दा अझै औषत केही माथि नै रहेको छ । एक बर्ष यता उत्पादन क्षेत्रमा गिरावट देखिइरहेको छ ।
हल्ले इन्स्टिच्युट फर इकोनोमिक रिसर्च ९आइडब्लुएच० का उपप्रमुख अलिभर होल्टेमोलरले भने, “विश्व व्यापार बजारमा देखिएको समस्याले खासगरी जर्मनीको अन्तर्राष्ट्रिय उत्पादन क्षेत्रलाई कठोररूपमा प्रभावित पारेको छ ।”आइएफओ व्यवसायिक सूचकाङ्कका अनुसार व्यवसायिक वातावरणमा पूर्ण २० अङ्कले गिरावट आएको छ यद्यपि केही सुधारका सङ्केतहरूका लागि भने पछिल्लो समयमा आशा गरिएको छ ।
जर्मनीको व्यापारिक क्षेत्रको सूचकाङ्क जुनमा ५.४ बाट बढेर ७.९ अङ्क कायम हुन पुगेको छ जसका कारण कम्पनीहरू अहिलेको अवस्थाप्रति धेरै सन्तुष्ट देखिएका छन् र आगामी महिनामा यसमा सुधार हुँदै जानेमा थप भरोसा उनीहरूको छ ।
निर्माणको क्षेत्रमा व्यवसायिक सूचकाङ्कमा सामान्य अङ्कले कमी आई २४.४ अङ्कबाट २२.३ अङ्क कायम भएको देखिएको छ । यद्यपि यसलाई आइएफओले उच्च दर भनेको छ । जर्मनीको विनिर्माण क्षेत्रले उनीहरूको अहिलेको अवस्थालाई पहिलेको महिनाको तुलनामा खराब सङ्केत भनेका छन् र उनीहरूले आगामी छ महिनाका लागि सुधारको अपेक्षालाई न्यून गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
मंसिर १६, २०८१ आइतबार
जोखिमपूर्ण मुस्ताङको यात्रा
मंसिर १६, २०८१ आइतबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे बयानका लागि रविलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
एक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको सिकार गर्छ, वैज्ञानिक अचम्मित !
मंसिर १६, २०८१ आइतबार
साताको पहिलो दिन सुनको भाउ ४ सयले घट्यो
मंसिर १६, २०८१ आइतबार