आज नेत्रविक्रम चन्द विप्लवको नेपाल बन्द, काठमाडौं उपत्यकामा कम प्रभाव
इन्द्र रिजाल
असार १०, २०७६ मंगलबार १३:४१:६
काठमाडौं । प्रहरीको गोली लागेर सर्लाहीका आफ्ना जिल्ला इन्चार्ज कुमार पौडेलको ज्यान गएको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव काठमाडौँ उपत्यकामा कम परेको छ ।
अरु दिनको तुलनामा सार्वजनिक गाडी कम चलेका छन् । तर प्रभाव कम देखिएको छ । सार्वजनिक गाडीहरु थोरै भए पनि चलेका छन् । निजी सवारी साधन भने निर्वाध रुपमा चलेका छन् ।
गएको बिहीबार दिउँसो प्रहरीको गोली लागेर सर्लाहीको लालबन्दी–१ लखनदेहीस्थित जंगलको पश्चिम तर्फ रहेको उत्तर–दक्षिण बाटोमा पौडेलेको मृत्यु भएको थियो । घटनाबाट आक्रोशित भएको विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि बन्द आह्वान गरेको हो । उसले प्रहरीले इन्काउन्टर गरेर मारेको आरोप लगाएको छ ।
तर सरकारले भने दोहोरो झडपमा पौडेलको ज्यान गएको बताएको छ । राज्यव्यवस्था समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा पौडेलको मृत्यु भएको दाबी गरेका छन् । तर सत्तारुढ दलकै सांसदमा विवाद रहेको छ ।
बन्दलाई लिएर सरकारले सुरक्षाव्यवस्था कडा बनाएको छ । यसैबिच ललितपुरको जावलाखेलमा मंगलबार बिहान कालो झोलामा संकास्पद बस्तु भेटिएको छ । त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
पर्वत केन्द्रविन्दु भएर गयो ३.८ म्याग्निच्युडको भूकम्प
माघ ११, २०८१ शुक्रबार
पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या ८.१७ प्रतिशतले वृद्धि
माघ ११, २०८१ शुक्रबार
एचपिभी खोप लगाउन किशोरीहरुलाई मन्त्री पौडेलको आग्रह
माघ ११, २०८१ शुक्रबार