कीर्तिपुरमा शंकास्पद वस्तु फेला, सेनाले डिस्पोज गर्दा प्लाष्टिकको भाँडोभित्र माटो !
इन्द्र रिजाल
असार १०, २०७६ मंगलबार १६:३०:२८
काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको बिहानैदेखि मंगलबार केही स्थानमा नक्कली र सक्कली बमको सन्त्रास फैलिएको छ ।
बिहान किर्तिपुरको नयाँबजारस्थित सडक छेउमा शंकास्पद वस्तु फेला परेको छ । बन्दलाई सफल पार्न विप्लब नेतृत्वको नेकपाले बम राखेको हुन सक्ने अनुमान गरिएको थियो । बम रहेको हल्लालगत्तै नेपाल प्रहरीको टोलीले घेरा हालेको सुरक्षा दिएको थियो ।
सेनाको बम विस्पोजल टोली घटनास्थलतर्फ गई डिस्पोज गरिएको छ । तर उक्त बस्तु बम नभई तर्साउन राखिएको नक्कली बम रहेछ । शंकास्पद वस्तु डिस्पोज गर्दा अनुसार प्लाष्टिकको भाँडोभित्र माटो र तारमात्र राखिएको भेटिएको हो ।
आज मंगलबार बिहानै बनेपास्थित रातो पुल नजिक बम विस्फोट भएको बताइएको छ । बिहान करिब ३ बजेतिर विस्फोटको ठूलो आवाज आएको स्थानीयले बताएका छन् । प्रहरीले भने विस्फोटको पुष्टि गरेको छैन ।
उता पनौती- ७ स्थित ढुंखर्क बसस्टपमा र खोपासी मार्गको रोशी खोला पुलमा राखेको २ वटा प्रेसर कुकर बम भेटिएको छ । उक्त स्थानमा राखिएको बम नेपाली सेनाको धुलिखेलस्थित विष्णुदल गणबाट खटिएको टोलीले डिस्पोज गरिसकेको जनाइएको छ ।
बन्दका कारणका मुख्य शहर बजारमा पनि बिहानैदेखि आशिंक रुपमा सवारी साधन चलेका छन् । सुरक्षाका लागि हतियारसहितका प्रहरी परिचालन गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार