इरानमा अमेरिकाको नयाँ प्रतिबन्ध, इरान भन्छ युद्धलाई निम्तो दिने अर्को एक कदम
इन्द्र रिजाल
असार १०, २०७६ मंगलबार १७:५७:५९
काठमाडौं । अमेरिकाले इरानमा नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन् । प्रतिबन्धको निशानामा इरानका प्रमुख नेता आयातुल्लाह अलि खमेनीलाई पनि पारिएको बीबीसीले जनाएको छ ।
ट्रम्पले भनेका छन् नयाँ प्रतिबन्ध अमेरिकी ड्रोनमा आक्रमण गरेका लगायतका कारण लगाइएको हो । नयाँ प्रतिबन्धको आदेश जारी गरेपछि ट्रम्पले ह्वाइटहाउसमा भने, ‘इरानका सर्वोच्च नेता नै उनको सरकारबाट भएका सबै कामको जिम्मेवार छन् । उनलाई उनको देशमा धेरै सम्मान दिइन्छ । उनीअन्तर्गत सबैभन्दा खतरनाक चिजहरु हुन्छन्, जसमा इस्लामिक रिभोलुस्नरी गार्डस्का सेना पनि छ । यी प्रतिबन्धपछि इरानका सर्वोच्च नेता र उनीसँग सम्बन्धित व्यक्तिहरु सबै प्रकारको वित्तीय सहयोगबाट बन्चित हुनेछन् ।
यसैबीच इरानले अमेरिकाले लगाएको प्रतिबन्धलाई युद्धलाई निम्तो दिने अर्को एक कदम भनेर टिप्पणी गरेको छ । इरानका विदेशमन्त्री जावेद जरीफले ट्वीट गरेर प्रतिबन्धलाई अमेरिकाको घृणित कूटनीति भनेका छन् । उनले लेखेका छन्( ट्रम्प प्रशासन युद्धको प्यासी छ ।
इरान र अमेरिकाबीच केही हप्तायता लगातार तनाब बढ्दै गएको छ । अमेरिकाले इरानमा हटाइएका सबै प्रतिबन्धलाई सन् २०१८ को मे महिनाबाट फेरि लागू गरेको थियो । सन् २०१५ मा इरानसँग परमाणु सम्झौता भएपछि प्रतिबन्ध हटाइएको थियो ।
अमेरिका र इरानको सम्बन्धमा फाटो तब आउन थाल्यो जब अमेरिकाले गत वर्ष एकतर्फी रुपमा सम्झौताबाट अलग भएको घोषणा गर्यो । त्यसको केही समयपछि इरान पनि सम्झौताबाट आंशिक रुपमा अलग भयो ।
अमेरिका र इरानबीच टकराव जारी रहेकै बेला खाडीमा रहेका साउदीका तेल ट्यांकरमा हमला भए । हमलाको दोष अमेरिकाले इरानमाथि लगाउँदै आएको छ । इरानले भने यो आरोपको खण्डन गर्यो । साथै इरानले २७ जूनदेखि आफ्ना परमाणु कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्डभन्दा पनि बढाउने घोषणा गर्यो ।
त्यसको केही दिपछि अमेरिकाको एक ड्रोनलाई इरानले आकाशबाट खसालिदियो । इरानले आफ्नो सिमानाभित्र छिरेकाले उक्त ड्रोनलाई खसालेको बताएको छ । तर, अमेरिकाले भने उक्त ड्रोन अन्तर्राष्ट्रिय समुद्री सीमानामै रहेको बेला इरानले खसालेको बताउँदै आएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार