शेयर बजारमा सामान्य सुधार,कारोवार रकम भने सामान्य
इन्द्र रिजाल
असार १०, २०७६ मंगलबार २१:५९:२
काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९६ बिन्दुले बढेर एक हजार २६१.०७ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४ बिन्दुले बढेर २७१.४४ मा पुगेको छ ।
सामान्य अङ्कले बढेको बजारमा आज कारोवार रकम भने सामान्य देखिएको छ । कूल १७४ कम्पनीको १३ लाख २४ हजार ५१९ कित्ता शेयर रु ३६ करोड ४७ लाख ७३ हजार ३३० बराबरको खरीद–बिक्री भए ।
स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये आज ६ उपसमूहको शेयर बढेको छ भने ६ उपसमूहको शेयर भने घटेको छ । बैंकिङ १.३९, जलविद्मुत १.०२, निर्जीवन बीमा ५.३१, उत्पादन १९.९५, लघुवित्त २.२३ र जीवन बीमा ०.३ अङ्कले बढेको छ । यस्तै व्यापार २.६२, होटल २१.२५, विकास बैंक ०.५२, वित्त ०.७ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले घटेको छ ।
स्टकका अनुसार आज कारोवारका आधारमा एनसिसी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ५३ लाख ८४ हजार ७१६ बराबरको कारोवार भयो । त्यस्तै प्रभु बैंकको रु दुई करोड २८ लाख ८२ हजार ८४४, शिवम् सिमेन्ट रु एक करोड ९१ लाख ९२ हजार ३०९, नेपाल बैंक लिमिटेड रु एक करोड ७९ लाख ४० हजार २४२, सिद्धार्थ बैंक रु एक करोड ३६ लाख ९५ हजार ३११, र मुक्तिनाथ विकास बैंकको रु एक करोड ३६ लाख बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९.९२, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ७.५६, लक्ष्मी लघुवित्त वित्तीय संस्था ४.१५ र युनिलिभर नेपालका लगानीकर्ताले ४.०३ प्रतिशतले कमाए । यस्तै मल्टिपर्पोज फाइनान्स कम्पनी ९.६६, राधी विद्मुत कम्पनी ५.५९, गुराँस लघुवित्त वित्तीय संस्था ४.७६, अरुण काबेली पावर ४.२१ र मुक्तिनाथ विकास बैंकका शेयरधनीले ३.५ प्रतिशतले गुमाए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार