सरकारले ‘क्लीन फिड’ लागू गरे अर्बौंको लगानी डुब्ने
इन्द्र रिजाल
असार १०, २०७६ बुधबार १:१३:९
काठमाडौं । टेलिभिजन सेवा प्रदायक संघ–संस्थाहरुले सरकारले ‘क्लीन फिड’ लागू गरेमा सन्चारमाध्यमहरु धराशायी हुनसक्ने चेतावनी दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनीहरुले त्यसो भएमा अर्बौंको लगानीसमेत डुब्ने बताए । कार्यक्रममा डिस होमका प्रवन्ध निर्देशक सुदिप आचार्यले क्लिन फिड विश्वभरि छ भनेर हावा फैलाईएको बताए ।
आचार्यले आफूहरु क्लिन फिडको विरोधी नभएको जिकिर गरे। कार्यक्रममा नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुदीप पराजुलीले सरकार घरघरमा सन्देशमूलक टेलिभिजनको ‘सिग्लन’ पुर्याउने दायित्वबाट पन्छिन थालेको आरोप लगाए ।
उनले क्लीन फिड विधेयक संसदबाट पारित भएमा सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए । यस्तै, डिजिटल टेलिभिजन समन्वय समितिका अध्यक्ष दिनेश सुवेदीले क्लीन फिडसम्बन्धी विधेयकबारे सन्चार तथा सूचना प्रविधि मन्त्रालयसँग वार्ता गर्न खोज्दा मन्त्रालयले वार्ता गर्न नमानेको बताए ।
सन्चार मन्त्रालयको तथ्यांकले नेपालमा १०० विदेशी च्यानलहरुले प्रसारण गर्ने अनुमति लिएका छन् । तीमध्ये अधिकांशमा विदेशी विज्ञापन बज्ने गर्दछ । अर्कोतर्फ विज्ञापन व्यवसायीहरुले भने विज्ञापनसहितका विदेशी च्यानलहरु प्रसारण हुँदा स्वदेशी विज्ञापन व्यवसायलाई असर परेको तर्क गर्ने गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार