गर्मीमा अनियमित विद्युत् आपूर्ति भएपछि आम सर्वसाधारणलाई सास्ती
इन्द्र रिजाल
असार ११, २०७६ बुधबार १३:४८:४४
रुपन्देही । सरकारले लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि रुपन्देहीमा विनासूचना विद्युत् कटौती हुने गरेको छ । गर्मीको समयमा अनियमित विद्युत् आपूर्ति भएपछि स्थानीयवासीलाई समस्या भएको छ ।
“लोडसेडिङ छैन भन्छन् तर बिजुली गइरहन्छ, आइहाल्यो भने पङ्खा पनि चल्दैन”, बुटवल उपमहानगरपालिका–१३ की गीता आचार्य भन्छन् । बुटवल, भैरहवा, लुम्बिनीलगायतका मुख्य स्थानमासमेत विद्युत् कटौती हुने गरेको छ ।
विद्युत् प्राधिकरणले विनासूचना विद्युत् कटौती गरेपछि गर्मीको समयमा आम सर्वसाधारणलाई सास्ती भएको छ । पटक–पटक गरी दैनिक चार घण्टा विद्युत् जाने र आए पनि ‘लो भोल्टेज’ हुने गरेका कारण पङ्खा, मोटरलगायतका विद्युतीय साधन राम्रोसँग नचलेको रुपन्देही शङ्करनगरका लोकनाथ ज्ञवालीले गुनासो गरे ।
अनियमित विद्युत् आपूर्ति हुँदा बुटवलमा पिउने पानीको समेत समस्या भएको छ । “बिजुली भएन भने धारामा पानी आउँदैन”, बुटवल–१४ का श्रीधर खनालले भने, “यस्तो गर्मीमा बिजुली गएपछि रातभरि सुत्न सकिँदैन ।”
वर्षाको समय भएकाले नगरका विभिन्न स्थानमा तार चुडिँदा विद्युत् सेवा अवरुद्ध भएको विद्युत् प्राधिकरण वितरण केन्द्र बुटवलका प्रमुख सञ्जयकुमार मिश्रले बताए ।
“पुराना तार र सडक विस्तारका कारण पोल हटाउँदा केही समय विद्युत् कटौती गर्छ ”, उनले भने, “आवश्यक स्थानमा एक÷दुई घण्टाबाहेक सबै क्षेत्रमा एकैपटक विद्युत् जाँदैन ।”
प्राधिकरणले जुन वडामा काम भइरहेको छ, त्यही क्षेत्रको विद्युत् मात्रै केही समयका लागि कटौती गरी काम गरेकाले त्यसलाई लोडसेडिङको रुपमा नबुझ्न उनले आग्रह गरे ।
उता भैरहवा–लुम्बिनी क्षेत्रमा समेत सडक विस्तारको कामले गर्दा केही समय विद्युत् सेवा अवरुद्ध हुँदै आएको छ । विद्युत् प्राधिकरण भैरहवाका प्रमुख उमाकान्त झाले यो समयमा बढी हावाहुरी आउने भएकाले विद्युत्का पोल ढल्ने र तार चुडिने हुँदा विद्युत् सेवा रोकिने गरेको बताए ।
“लोडसेडिङ पूर्णरुपमा हटेको छ तर कहिलेकाहीँ मौसमका कारण विद्युत्मा समस्या आउछ”, उनले भने । प्रमुख झाले सडक निर्माणका कारण पोलहरु सार्नुपर्ने भएकाले त्यस्तो समयमा निश्चित क्षेत्रको मात्रै विद्युत् कटौती हुने गरेको बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार