एसईई परीक्षाफल : सामुदायिक विद्यालयहरुको नतिजा कमजोर !
इन्द्र रिजाल
असार १२, २०७६ शुक्रबार १:९:१६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डले आज पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेको हो ।
विसं २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसईई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागी भएका थिए । नतिजा अनुसार एप्लस ल्याएर ९५९६ जना छात्र उत्तीर्ण भएका छन् भने छात्रा २७८६ जना रहेका छन् । यसैगरी ए ग्रेड ल्याउनेमा छात्र २७२७९ र छात्रा २१६८१ जना रहेका छन् । बी प्लस ल्याउनेमा छात्र ३४१६६ र छात्रा २६५४०, बी ल्याउनेमा छात्र ३९०९५ र छात्रा ३५०१५ जना रहेका छन् ।
यसैगरी सी प्लस ल्याउनेमा छात्र ४५७८९ र छात्रा ५१५१०, सी ग्रेड ल्याउन छात्र ४२८८३ जना छात्रा ५२३२६ जना रहेका छन् । यसैगरी डी प्लस ल्याउनेमा छात्रमा १९१३३ र छात्रा २४७०७ जना रहेका छन् । यसैगरी डी छात्र १८६६ र छात्रा २५६३, ई ग्रेड ल्याउनेमा छात्र ४२२५ छात्रा ३९८२ रहेका छन् ।
यता, अभिनेत्री करिश्मा मानन्धर एसईई परीक्षामा ३ जीपीए नम्बरसहित उत्तिर्ण भएकी छिन् । २०७५ सालमा उनले एसईई परीक्षा दिएकी थिइन । तीन दशक लामो अभिनय यात्रापछि करिश्माले मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन् । उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो।
उता, नेकपाकी सचेतक शान्ता चौधरीले एसईई परीक्षामा ‘बी’ ग्रेड ल्याएकी छन । बिहीबार सार्वजनिक भएको एसईईको नतिजाअनुसार उनले बी ग्रेड ल्याएकी हुन् । उनले दाङको तुलसीपुरस्थित तुलसीपुर माध्यामिक विद्यालयबाट परीक्षा दिएकी थिइन् । २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक पढाइ सुरु भएको थियो।
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि एसईईको नजितामा सामुदायिक विद्यालय कमजोर देखिएको छ। राज्यको ठूलो रकम लगानी भएको सामुदायिक विद्यालय तर्फका विद्यार्थीको उत्तीर्ण प्रतिशत निजी विद्यालयको भन्दा कमजोर देखिएको हो। राम्रो ग्रेड ल्याउने अधिकांश विद्यार्थी निजी विद्यालयबाट परेका छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार