नेप्से परिसूचक घट्नेक्रम जारी, आज चार उपसमूहको मात्र शेयर वृद्धि
इन्द्र रिजाल
असार १२, २०७६ शुक्रबार २:५:२१
काठमाडौं । साताको शुरुआती दिनमा उकालो लागेको नेप्से परिसूचक आज पनि घट्ने क्रममा छ । बिहीबार धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक १.१४ अङ्कले घटेर एक हजार २५७.१५ बिन्दुमा पुगेको छ ।
नेप्से परिसूचक घटे पनि ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने सामान्य अङ्कले वृद्धि भएको छ । सेन्सेटिभ परिसूचक ०.३५ अङ्कले बढेर २७१.१६ बिन्दुमा पुगेको छ ।
स्टकका अनुसार आज कूल १७२ कम्पनीका १८ लाख ५४ हजार ६७६ कित्ता शेयर रु ६२ करोड ७९ लाख आठ हजार ८१२ मा खरीद बिक्री भए । कारोवार भएका ११ उपसमूहमध्ये चार उपसमूहको मात्र शेयर वृद्धि भएको छ । बैंकिङ ०.७२, होटल १८.०८, वित्त ३.४३ र अन्य उपमूहको शेयर २.७१ अङ्कले बढ्दा विकास बैंक २.६७, जलविद्युत् २.०७, निर्जीवन बीमा १०१.३५, उत्पादन १०.६१, लघुवित्त १.६३, जीबन बीमा २२.७४ र सामूहिक लगानी कोष ०.०१ अङ्कले घटेको छ ।
कारोवार रकमका आधारमा हिमालय डिस्टिलरी लिमिटेडको शेयर रु १४ करोड ९७ लाख ७१ हजार ५०० मा खरीद बिक्री भई शीर्ष स्थानमा रह्यो । त्यसैगरी नेपाल बैंक लिमिटेडको रु पाँच करोड ६५ लाख ५५ हजार ६००, प्रभु बैंक लिमिटेडको रु तीन करोड ११ लाख २८ हजार ०८६, शिवम् सिमेन्टस् लिमिटेडको रु दुई करोड ९९ लाख १७ हजार ५१०, सिद्धार्थ बैंक लिमिटेडको रु दुई करोड ५५ लाख ३० हजार ४४४ र गुर्खाज फाइनान्स लिमिटेड ‘संस्थापक शेयर’ रु एक करोड ८१ लाख २५ हजार ९०० मा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।
नेप्से परिसूचक घटे पनि मल्टिप्रपोज फाइनान्स कम्पनी लिमिटेडका शेयर धनीले ९.१५ प्रतिशतले कमाए । यसैगरी नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ७.९७, एसियन लाइफ इन्स्योरेन्स् कम्पनी ३.४०, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.३३, वेष्ट फाइनान्स कम्पनी २.९४ र सिन्धु विकास बैंकका शेयर धनीले २।९२ प्रतिशतले कमाए ।
आइएमई जनरल इन्स्योरेन्स ४.७५, पाँचथर पावर कम्पान्ट लिमिटेड ४.७२, स्पर्स लघुवित्त वित्तीय संस्था ४.२२, कालिका पावर कम्पनी ४.१२, आँखुखोला जलविद्युत् कम्पनी ४.०० र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका शेयर धनीले ३.९४ प्रतिशतका दरले गुमाए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार