भीरकोट नगरपालिकाको बजेट जनमुखी विकासको आधार हुनेछ : वडाध्यक्ष अधिकारी
इन्द्र रिजाल
असार १३, २०७६ शुक्रबार १९:४६:४९
स्याङ्गजा । भीरकोट नगरपालिकाको आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम नगर सभाले पारित गरेको छ । आगामी आ.व ०७६/७७ का लागि उत्कृष्ट निति तथा कार्यक्रम सहितको बजेट ल्याइने बताउछन् भीरकोट नगरपालिका वडा नं ५ का अध्यक्ष याम प्रसाद अधिकारी ‘लक्ष्मण’
उनि भन्छन,‘‘हामिले निति र नियममा आधारित रहदै स्थानिय सरकारबाट निर्दिष्ट प्रकृया अनुसार नै गाँउ बस्ती स्तरका योजना संकलन छलफल परामर्श गर्दै नितान्त जनताको आवश्यकता अनुरुपका योजनाहरु बनाएर आगामी आ. व का लागि बजेट ल्याउने तयारी गरेका छौ । यो बजेट जनमुखी छ ।’’
साथै उनले हाम्रो चाहना समृद्ध भिरकोट निर्माण भएकोले हार्दिकता सहितको एकता सङ्गै विकासका निमित्त हातेमालो गर्दै अघि बढ्न अनुरोध समेत गरेका छन् ।
भीरकोट नगरपालिकाले असार १० गते चौथो नगर सभामा प्रस्तुत गरिएको आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम नगर सदस्यहरुको राय,सल्लाहा र सुझाव वमोजिम परिमार्जन गरी स्वीकृत गर्ने निर्णय गरिएको थियो । सोही निती तथा कार्यक्रमलाई हिजो बसेको नगर सभाले पारित गरेको छ ।नगरपालिकाले २२ गते सम्म छलफल सकेर बजेट ल्याउने तयारीमा जुटिरहेकाे छ ।
भीरकोट नगरपालिकाको आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम पारित
भीरकोटनगरपालिकाले आर्थिक बर्ष ०७६/७७ मा पुर्वाधार विकास,कृर्षि, स्वास्थ्य, शिक्षा, रोजगार र पर्यटनको क्षेत्रमा विषेश कार्यक्रम ल्याएको वडाध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण)ले जानकारी दिएका छन् ।
९ वटा वडाहरु रहेको भिरकोट नगरपालिकामा कुल २५५८३ जनसंख्या रहेको छ भने बा्ह्मण,क्षेत्री,नेवार,मगर लगाएतका जातिहरुको बसोबास रहेको पाइन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार