स्याङ्जाको आँधीखोला लघुवित्तले चार लाख कित्ता साधारण शेयर बिक्री गर्दै
इन्द्र रिजाल
असार १३, २०७६ शनिबार २:०:२४
काठमाडौं । स्याङ्जाको बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँघीखोला लघुवित्त वित्तीय संस्थाले चार लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले आज एक आह्वानपत्र प्रकाशित गरी यही असार २२ गतेदेखि साधारण शेयर बिक्री गर्न लागेको उल्लेख गरेको हो । कम्पनीका अनुसार पाँच हजार कित्ता साधारण सेयर कम्पनीका कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको विवरणमा उल्लेख छ ।
त्यसबाट बाँकी रहेको तीन लाख ७५ हजार कित्ता साधारण शेयर भने सर्वसाधारणलाई बिक्री गरिनेछ ।कम्पनीका अनुसार शेयर बिक्री छिटोमा यही असार २५ गतेसम्म र ढिलोमा आगामी साउन २० गतेसम्म बिक्री हुनेछ । उक्त लघुवित्तले विभिन्न १९ वटा शाखामार्फत वित्तीय सेवा दिँदै आएको छ ।
संस्थाले पशुपालना, खुद्रा व्यापार साना तथा घरेलु उद्योगमा लगानी गर्दै आएको विवरणपत्रमा उल्लेख गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार