लोकतन्त्र भएका ठाउँमा मात्रै स्वतन्त्र प्रेस हुन्छ : पूर्वराष्ट्रपति
इन्द्र रिजाल
असार १४, २०७६ शनिबार २२:५३:३३
काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जहाँ लोकतन्त्र हुन्छ, त्यहाँ प्रेस स्वतन्त्रता हुने बताएका छन् । उनले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक र अन्य मिडियासम्बन्धि कानुनहरु मिडियालाई अंकुश लगाउने खालका रहेको कुरालाई इङगित गर्दै लोकतन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक भएको बताए ।
नेपाल पत्रकार महासङ्घ दलित समितिको आयोजना र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको आतिथ्यतामा नेपाल पत्रकार महासङ्घ दलित समुदायका पत्रकारको राष्ट्रिय सम्मेलनमा उनले विभेद् लोकतन्त्रले स्वीकार गर्न नसक्ने बताए । उनले जातीय विभेद्का विरुद्ध लडिरहन आग्रह गरे ।
सम्मेलनमा महासङ्घका अध्यक्ष गोविन्द्र आचार्यले कतिपय कानूनमा अझै समानता नभएको बताए । उनले सञ्चारको संरचनामा अझै सङ्घीयता नआएको र पत्रकार महासङ्घमा अहिले दलित, महिला, जनजाति तथा मधेशी लगायतका सचिव रहेका जानकारी गराए ।
कार्यक्रममा सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, प्रदेश सभा सदस्य तुलाराम घर्ती र वीरबहादुर राना, जिल्ला समन्वय समितिका संयोजक दयाराज बस्याल, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले दलित समुदायले जातीय आधारमा समस्या भोगेको र त्यस समुदायका पत्रकारका समस्या तथा भोगाइ अझै पीडादायक रहेकाले त्यस्ता समस्या हटाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष गङ्गाधर पराजुली, महासङ्घका महासचिव रमेश विष्ट, सचिव रेश विक, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, फनिजका अध्यक्ष डण्ड गुंरुङ, प्रगतिशिल पत्रकार सङ्घका अध्यक्ष नारायण शर्मा र दलित पत्रकार सङ्घका अध्यक्ष विनोद पहाडी, वरिष्ठ पत्रकार मेघराज शर्मा लगायतले दलित समुदाय शिक्षित समुदायबाट अपमानित हुनुपरेको र त्यस समुदायका पत्रकारले पनि जातीय विभेद् तथा आर्थिक समस्या झेल्नु परेको बताए । सम्मेलनमा नेपालभरका सयभन्दा बढी दलित समुदायका पत्रकारको सहभागिता छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार