प्रदेश सरकारद्वारा भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति
इन्द्र रिजाल
असार १५, २०७६ आइतबार १७:८:३४
लमजुङ । गण्डकी प्रदेश सरकारद्वारा भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति उपलब्ध गराइएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ मलेयाडाँडामा रहेको घुम्ती भेडीगोठका कृषकलाई प्रदेश सरकारले शनिबार २८ भेडा वितरण गरेको हो ।
प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आकस्मिक सेवाअन्तर्गत कृषकलाई रु दुई लाख ८० हजार बराबरको सो सङ्ख्यामा भेडा सहयोग गरिएको हो ।
प्रदेशसभा सदस्य धनञ्जय दवाडीले गाउँपालिकाको जोर्नीमा एक कार्यक्रममा कृषकलाई भेडा वितरण गरेका थिए। उनले प्रदेश सरकारको सहयोगले कृषकको मनोबल बढ्ने बताए । व्यवसायमा जोखिम भए पनि विचलित नभई आफ्नो पेशामा लाग्न उनले कृषकलाई आग्रह गरे।
दूधपोखरी गाउँपालिका–६ र दोर्दी गाउँपालिका–५ का २५ किसानले संयुक्तरूपमा ‘पतिपुरे सामुदायिक भेडापालन समूह’ गठन गरी भुम्ती भेडीगोठमा भेडापालन गर्दै आएकामा गत वैशाख २८ गते शनिबार परेको चट्याङले २८ भेडा मरेका थिए ।
भेडा मरेपछि कृषकलाई रु पाँच लाख ६० हजार बराबरको क्षति भएको दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले बताए । उनीहरुले सञ्चालन गरेको यस भेडीगोठमा ६४० बढी भेडा छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबाँकेमा पाटेबाघ मृत भेटियो
माघ ११, २०८१ शुक्रबार
सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ
माघ ११, २०८१ शुक्रबार
प्रजातन्त्र सेनानी सिंहको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार