पर्याप्त पानी नहुँदा किसानले धानको बेर्ना राख्न पाएनन्
इन्द्र रिजाल
असार १६, २०७६ सोमबार १३:५०:२५
डोटी । देशभरी आज धान दिवस मनाइरहेका बेला जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा भने दिवस मनाइएन् । पर्याप्त पानी नहुँदा यहाँका किसानले धानको बेर्ना समेत राख्न सकेका छैनन् ।
पानी नपर्दा कतिपय किसानले त दिपायलस्थित पिपल्लालगायतका क्षेत्रमा गहुँ काटी सकेपछि खेतसमेत जोत्न पाएका छैनन् । दिपायलमा पानी नपर्दा तथा सिँचाइ सुविधा नहुँदा आफुहरूले धानको बेर्ना राख्न नसकेको दिपायल पिपल्लास्थित गैराका किसान टीका कामीले बताए ।
पानी नपरेका कारण यहाँका किसानले धानको बीउ राख्न पाएका छैनन् र खेत बाँझै रहेका छन् ।विगत केहीवर्ष पहिलेसम्म उक्त ठाउँमा सिँचाइ सुविधा भए पनि विसं २०७१ मा आएको बाढी पहिरोले यहाँको सलेनीगाढको कुलो बगाएपछि अहिले यहाँका किसान धानको बीउ राख्नेदेखि लिएर रोपाइँ गर्नसमेत आकाशे पानीको भर पर्न थालेका छन् ।
“जहिले पानी पर्छ अनि बेर्ना राख्छौ र धान रोप्छौ”, किसान रामबहादुर विकले भने, “हाम्रो पीडा कसैले हेरेनन, पानी नपरे जमीन बाँझै हुन्छ ।” डोटीमा कूल १० हजार हेक्टरमा धान रोपाइँ गरिन्छ भने त्यसको दुई चौथाई मात्रै दिपायल क्षेत्रमा धान रोपिने गरेको जिल्ला कृषि ज्ञान केन्द्रको तत्थ्याङ्कमा उल्लेख छ ।
समयमै खेती लगाउन नसकेका कारण यहाँका किसानले सोचे अनुसारको उत्पादन गर्न नसकेका पूर्वनगर प्रमुख घनश्याम पाठकले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सरकारले २० रुपैयाँ थपेपछि प्रतिक्विन्टल ५८५ पुग्यो उखुको समर्थन मूल्य
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित
मंसिर १६, २०८१ आइतबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार