कृषकलाई हाते ट्र्याक्टर वितरण
इन्द्र रिजाल
असार १६, २०७६ सोमबार १५:१८:०
विदुर । नुवाकोटको विदुर नगरपालिकाले कृषक समूह, फार्म र सहकारीलाई आइतबार ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ ।
असारे धान दिवसको अवसरमा विदुरमा एक कार्यक्रमको आयोजना गरी विदुर नगरपालिकाको कृषि शाखाले नगर क्षेत्रभित्रका कृषक समूह, फार्म र सहकारीलाई २२ वटा हाते ट्र्याक्टर वितरण गरेको विदुर नगरपालिकाको कृषि शाखाले जानकारी दिएको छ ।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक कृषक एक उपकरण पु¥याउने विदुर नगरपालिकाको योजनाअनुसार ट्र्याक्टर वितरण गरेको भन्दै आगामी दिनमा कृषकलाई प्रविधिमैत्री बनाएर व्यावसायिक उत्पादनलाई बढवा दिने बताए ।
प्रमुख पण्डितले हिजोको दिनमा भनसुनको आधारमा केही व्यक्तिले कृषि औजार पाउने गरेको भन्दै अबका दिनमा मापदण्डको आधारमा वितरण गरिने बताए ।
कार्यक्रममा विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिवाकर चापागाईंले कृषकलाई प्रोत्साहन गर्न र उत्साही र खाद्यान्नमा आत्मनिर्भर बनाउन ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको बताए ।
हाते ट्र्याक्टर पाएपछि कृषकले खुशी व्यक्त गरेका छन् । हाम्रो सहकारी संस्था लिमिटेडका प्रतिनिधि बद्री रिजालले गाउँमा खेती गर्न गोरु पाउन छाडेकाले नयाँ हाते ट्र्याक्टर पाएकोमा खुशी व्यक्त गरे । उनले नगरपालिकाले कृषकलाई ५० प्रतिशतमा दिएको अनुदान अझै कम भएको बताए ।
नगरपालिकाले वितरण गरेको २२ वटा हाते ट्र्याक्टर विभिन्न १३ कृषक सहकारी, कृषि समूहलाई वितरण गरेको विदुर नगरपालिकाको कृषि शाखाले जनाएको छ । यसअघि पनि गत पुस महीनामा नगरपालिकाले किसानलाई २६ हाते ट्र्याक्टर वितरण गरेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपउखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
दशैँ अगाडी उखु र दूग्ध किसानको बक्यौता रकम भुक्तानी गर्न २ अर्ब निकासा
असोज ११, २०८१ शुक्रबार
कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार