बुद्धशान्तिले २५ शय्याको अस्पताल बनाउन ५० लाख विनियोजन
इन्द्र रिजाल
असार १६, २०७६ सोमबार १८:९:३१
भद्रपुर । झापाको बुद्धशान्ति गाउँपालिकाले २५ शय्याको अस्पताल निर्माण गर्ने भएको छ । निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजनसमेत गरेको छ ।
गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले आगामी आर्थिक वर्ष २०७६/०७७ मा अस्पताल बनाउन रु ५० लाख विनियोजन गरेको जानकारी दिए । चालू आवमा आवमा यही शीर्षकमा रु ३० लाख बजेट छुट्याइएको थियो ।
इलामको पहाडी र झापाको समथर भू–भागलाई जोड्ने सुन्दर र सानो गाउँपालिका बुद्धशान्तिमा हाल ठूला अस्पताल बनेका छैनन् । सामुदायिक र निजी क्षेत्रबाट सञ्चालित पोलिक्लिनिक मात्र सञ्चालनमा छन् ।
गाउँपालिकाले वडा नं.१ मा २५ शय्याको सुविधासम्पन्न अस्पताल बनाउन दातासँग मिलेर एक विघा जग्गाको व्यवस्था मिलाइसकेको र आगामी वर्षमै निर्माण कार्य सुरु गरिने अध्यक्ष भुजेलले बताए ।
छिमेकी मेचीनगर नगरपालिका र इलामको रोङ गाउँपालिकाबाट समेत सेवाग्राहीहरु आउने भएकाले बुद्धशान्तिमा कम्तीमा एउटा सुविधासम्पन्न अस्पताल अति आवश्यक भइरहेको बुधबारे उद्योग वाणिज्य सङ्घका अध्यक्ष रुद्र चापागाइँ बताउछन् । उनले ५० शय्याको अस्पताल बनाउन सके बिरामीको चाप धान्ने सुझाव दिए ।
हाल बुद्धशान्तिको वडा नं. ३ र ५ मा स्वास्थ्य चौकी र अन्य वडाहरुमा स्वास्थ्य एकाइहरु छन् । गाउँपालिकाले बजेटबाटै मधुमेह र रक्तचापका बिरामीका लागि औषधि र गर्भवतीका लागि क्याल्सियम चक्की निःशुल्क वितरण गर्दै आएको जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमौलाकालिका अस्पतालको सेवा नयाँ भवनबाट
माघ २०, २०८१ आइतबार
नारायणी अस्पताल भवन निर्माण संघर्ष समितिको प्रदर्शन, त्रिभुवन राजपथ केही बेर अवरुद्ध
माघ १८, २०८१ शुक्रबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
केबलकार निर्माणविरुद्धको आन्दोलनः अरुण पूर्वका ९ जिल्ला बन्द, यातायात ठप्प
माघ २०, २०८१ आइतबार
अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित
माघ २०, २०८१ आइतबार
प्रदर्शनरत चलचित्र ‘एक्टर: टेक वन’को गीत ‘जिन्दगी रेल’ सार्वजनिक
माघ २०, २०८१ आइतबार
संसदीय सुनुवाइबाट न्यायपरिषदमा खड्का अनुमोदित
माघ २०, २०८१ आइतबार
एआईको प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र
माघ २०, २०८१ आइतबार
उमागौरी सहकारी ठगी प्रकरणः जिल्ला अदालत मोरङले अध्यक्ष रौनियारलाई थुनामा पठायो
माघ २०, २०८१ आइतबार