बिग मर्जरको चर्चाले लगानीकर्ताले बैंकका शेयर किन्न थाले, सूचक र कारोबार दुबै बढ्यो
इन्द्र रिजाल
असार १७, २०७६ मंगलबार २१:५५:३३
काठमाडौं। दुई दिन घटेको शेयर बजारमा तेस्रो दिन सुधार देखिएको छ । मंगलबार शेयर बजार ११.०२ अङ्कले बढेर १२५३.०६ अंकमा उक्लिएको छ।
ठूला बैंकहरुबीच हुने भनिएको बिग मर्जरको विषयले प्राथमिकता पाउँदा शेयर बजारमा सकारात्मक प्रभाव परेको इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए।
उनका अनुसार मर्जरको विषयले गर्दा लगानीकर्ताको आकर्षण कमजोर बैंक तथा वित्तीय संस्थाको शेयरमा देखिएको छ। लगानीकर्ताले बजारमा कमजोर ठानिएका कम्पनीको शेयरमा खरिद आदेश बढाएका छन्।
कमजोर ठानिएका बैंक तथा वित्तीय संस्थाहरू राम्रा बैकसँग गाभिँदा भविष्यमा राम्रो प्रतिफल आउने आँकलन गर्दै उनीहरूले खरिद आदेश बढाएको ढकालले बताए।
असारको प्रभाव समेत बिस्तारै कम हुँदै गएको ढकालको विश्लेषण छ। उनका अनुसार लगानीकर्ताले असार मसान्तको लागि रकम जोहो गर्ने क्रम बिस्तारै कम हुँदै गएको छ । यसैकारण मंगलबार बजारमा सुधार देखिएको उनले बताए।
मंगलबार कारोबारको सुरुवाती चरणमा शेयर बजारमा खासै आकर्षण देखिएको थिएन। कारोबारको अढाई घण्टापछि एकाएक शेयर बजारमा सुधार देखिएको थियो । यसबाट कारोबार रकम समेत बढेको छ।
१७० कम्पनीका १४ लाख ६६ हजार कित्ता शेयर ४२ करोड ९४ लाख रुपैयाँमा खरिद बिक्री भए । सबैभन्दा बढी मेगा बैंकको चार करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भयो।
मेगा बैंक र ग्लोबल आइएमई बैंक एक आपसमा गाभिने खबरले मेगाको कारोबार बढेको ढकालको भनाइ छ। मेगापछि प्रभु बैंकको बढी कारोबार भयो । प्रभुको दुई करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
कारोबारमा आएका १२ समूहको शेयर कारोबारमा ९ समूहको उपसूचक बढ्यो । तीन समूहको उपसूचक घटेका छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार