घुम्ती सेवाबाट ७३ लाई नागरिकता
इन्द्र रिजाल
असार १८, २०७६ बुधबार १५:३:७
बनेपा । जिल्ला प्रशासन कार्यालय धुलिखेलको टोलीले जिल्लाको रोशी गाउँपालिकाको वडा नं ४ र ५ लाई लक्षित गरी वडा नं ४ को महादेवटारमा सञ्चालन गरेको घुम्ती शिविरबाट ७३ जनाले गाउँमै नागरिकता प्राप्त गरेका छन् ।
अरु बेला नागरिकता लिनकै लागि जिल्ला सदरमुकाम धुलिखेल धाउनुपर्ने त्यहाँका स्थानीय बासिन्दालाई जिल्ला प्रशासन कार्यालयको टोलीले गाउँमै पुगेर घुम्ती शिविर सञ्चालन गरी नागरिकता वितरण गरेपछि उनीहरु खुशी भएका हुन् ।
“घुम्ती शिविरबाट वितरण गर्ने क्रममा महिला ३६ र पुरुष ३७ गरी ७३ लाई नागरिकता वितरण गरेका छौँ”, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले भने, “सो क्रममा ८४ ले मतदाता नामावलीको फारम भरेका छन् ।”
सहायक प्रमुख पुरीले जिल्ला प्रशासन कार्यालयको वार्षिक कार्यक्रम तीन ठाउँमा गर्नुपर्ने कार्यअनुरुप विकट ठाउँका नागरिकलाई सेवा पु¥याउने उद्देश्यले यसपटक रोशी गाउँपालिकाको महादेवटारमा पुगेर नागरिकता वितरण गरेको बताए ।
वडा नं ४ का वडाध्यक्ष तेजबहादुर रानामगरका अनुसार वडा नं ४ का साथै वडा नं ३ बाट समेत आएर स्थानीय बासिन्दाले नागरिकता बनाएका थिए ।
५६ वर्षसम्मकाले नागरिकता लिएका छन् । गाउँमै सेवा प्राप्त भएपछि स्थानीय बासिन्दा खुशी भएर सेवा लिएका थिए । यसअघि खानीखोलाको तालढुङ्गामा गत जेठ १८ गते चार दिन सञ्चालन गरेको घुम्ती शिविरबाट ३२२ ले नागरिकता प्राप्त गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबाँकेमा पाटेबाघ मृत भेटियो
माघ ११, २०८१ शुक्रबार
सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ
माघ ११, २०८१ शुक्रबार
प्रजातन्त्र सेनानी सिंहको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार
दोस्रो पटक बन्दी रिहा गर्दै हमास, आज छुट्नेछन् यी चार जना
माघ १२, २०८१ शनिबार
एसएसपी सरुवा: काठमाडौंमा विश्व अधिकारी, अपराध अनुसन्धानमा रमेश बस्नेत
माघ १२, २०८१ शनिबार
कोशी र मधेस प्रदेशमा मन्द शीतलहर
माघ १२, २०८१ शनिबार
अमेरिकी डलरको भाउ घट्यो
माघ १२, २०८१ शनिबार