कालिगण्डकीमा बजार अनुगमन,अखाद्य वस्तुको नष्ट
इन्द्र रिजाल
असार १८, २०७६ बुधबार १९:१५:७
स्याङ्गजा । कालिगण्डकी गाउँपालिकाको मिर्मीमा बजार अनुगमन भएको छ । बजारमा रहेका अखाद्य वस्तु, म्याद गुज्रेका पेय तथा खाद्य पदार्थ गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश खनालको संयोजकत्वमा रहेको बजार अनुगमन टोलीले नष्ट समेत गरेको छ।
टोलीले अनुगमनमा पसल सञ्चालकले म्याद गुज्रेका विभिन्न खाद्य सामग्री बिक्री वितरण गरेको पाइएको कारण त्यसलाई नष्ट गरी अब त्यस्तो नगर्न पसल सञ्चालकलाई सचेत गराएको छ । सो क्षेत्रका पसलमध्ये आठ वटा पसलमा म्याद गुज्रेका र अखाद्य वस्तुको समेत प्रयोग गरी बिक्री वितरण गर्दै आएको पाएपछि ती सामग्री नष्ट गरिएको हो ।
बजार अनुगमन टोलिका संयोजक एवं गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश खनालले बजारमा गरेको अनुगमनमा अखाद्य वस्तु, म्याद गुज्रेका पेय तथा खाद्य पदार्थ आदि भेटेपछि तिनिहरुको नष्ट गरेका छौँ साथै पसलधनीहरुलाई अबउप्रान्त यस्ता गतिविधी नगर्न समेत आग्ह गरेको बताए । साथै उनले कालिगण्डकी गाँउपालिकाबाशीको स्वास्थ्यमा असर गर्ने किसिमका सामाग्रीको विक्री वितरण गरेको पाइएमा कारवाहीको दायरामा समेत ल्याइने बताए ।
अनुगमन टोलीले गाउपालिकाको ७ नं वडाको मिर्मीका विभिन्न पसलहरुमा भेटिएका त्यस्ता सामानहरुको बरामत र नष्ट गरेको छ ।
टोलीले सुरज मेडिकल हलबाट १० प्रकारका औषधीहरु,कृतिका एण्ड किस्मत किराना पसलबाट विस्कुट जुस र चिप्स,राजेश किराना फलफुल तथा तरकारी पसलबाट पाइनापल जुस,दुर्गा न्यौपाने किराना पसलबाट चिसो,घ्यु र जुस,मिर्मिरे होटलबाट जुस,बर्षा किराना पसलबाट मसला,हरिकृष्ण होटल एण्ड लज बाट सोडा बरामत गरेको र त्यस्ता सामाग्रीको नष्ट गरिएको साथै एकपटकलाई चेतावनी मात्रै दिएको र भोलिको दिनमा सुधार नगरी यस्तै गरी बिक्री वितरण गरेको पाइएमा कारवाही गर्ने समेत प्रमुख प्रशासकिय अधिकृत खनालले जानकारी दिएका छन् ।
गाँउपालिकाले बजार अनुगमन निर्देशिका २०७५ जारी गरेर ऐन बमोजिम अनुगमनलाई निरन्तरता दिएको हो । प्रमुख प्रशासकिय अधिकृत खनालको संयोजकत्वमा कार्यपालिका सदस्यहरु, कार्यालयका लेखा,स्वास्थ्य,प्रशासन शाखाका कर्मचारीहरु, समाजशेवी, पत्रकार र सुरक्षानिकायका प्रतिनिधिहरुको समेत सहभागितामा अनुगमन गरिएको थियो ।
टोलीले गाँउपालिका भरि नै अनुगमन गर्ने बताइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार