वालिङ नगरपालिकाको पत्रकार सम्मेलनमा पत्रकार अनुपस्थित
इन्द्र रिजाल
असार १८, २०७६ बुधबार २०:७:४९
स्याङ्गजा । वालिङ नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार नै सहभागी भएनन् । आ ब ०७६/७७ को निती कार्यक्रम तथा बजेट सार्वजानिक सम्बन्धी पत्रकार सम्मेलनमा जिल्लाका पत्रकारले सांकेतिक विरोध गरेका छन् ।
वालिङ नगरपालिकाले आगामी आर्थिक वर्षको छैटौँ नगरसभामा जिल्लामा क्रियाशिल उत्कृष्ट पत्रकार सम्मान भन्दै दुई जना पत्रकार, करदाता, सरसफाई टोल बिकास समितीलाई सम्मान गरिएको थियो । उत्कृष्ट पत्रकार सम्मान गरेको विषयलाई लिएर नेपाल पत्रकार महासंघ सँग कुनै समन्वय नगरेकोमा नेपाल प्रत्रकार महासंघ स्याङ्जाले ध्यानाकर्षण गर्दै बुधबार नगरले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थिती नभइ विरोध जनाएका छन् ।
यसै विषयमा नेपाल पत्रकार महासघं जिल्ला शाखा क्रियाशिल हुँदा हुँदै प्रतिभा छनौट गर्ने विधी र प्रकृया नपु¥याई सामाजिक सञ्जालबाट पत्रकार सम्मान भएको कुरा बाहिर आएपछि महासंघद्वारा ध्यानाकर्षण गरिएको नेपाल पत्रकार महासंघ स्याङ्जाले जनाएको छ ।
जिल्लामा क्रियाशिल पत्रकार सम्मानित हुँदै गर्दा हाम्रो बिरोध होईन, पद्धतीको विरोध गरेका हौँ नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले भने, ‘सञ्चारकर्मी सम्मान भएको खबर महासंघले सामाजिक सञ्जालबाट थाहा पाउने तर महासंघ बेखबर हुनु आपत्तीजनक हो ।’
उता वालिङ नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि ६५ करोड ६७ लाख ५७ हजारको बजेट विनियोजन गरि सार्वजानिक गरिएको थियो । सभावाट स्वीकृत वजेट वुधवार पत्रकार सम्मेलन मार्फत आम सर्वसाधारणलाई जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको वालिङ नगरपालिका कार्यालयले जनाएको छ । बजेट उप–प्रमुखले प्रस्तुत गर्ने प्रावधान उल्लेख गरिएको तर बजेट नगर प्रवक्ता केदार काफ्लेले प्रस्तुत गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार