पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा राजारानी अंकित टि-सर्ट
इन्द्र रिजाल
असार २०, २०७६ शुक्रबार १९:२३:३८
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७३ औ जन्मोत्सवको अवसरमा राजारानी अंकित टिसर्ट बाडिने भएको छ ।आजको आवस्यकता संबैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य नेपालको पुनःस्थापना भन्ने मुल नाराका साथ ‘देश र श्रीपेच जोगाउने’ अभियान चलाइरहेको वीर गोर्खाली अभियानले पुर्वराजा शाहको जन्मोत्सव दरबार परिसरमा मनाउने भएको हो ।
वीर गोर्खालीले सो अबसरमा राजारानी अंकित टि-सर्ट बितरण गर्ने जनाएको छ । पछिल्लो समय देश र जनताको सुरक्षाका लागि राजसस्था मात्रै अवको विकल्पको आवाज समेत चर्को रूपमा उठिरहेको छ ।
वीर गोर्खालीका एक अभियान्ता नरेन्द्र देउजाका अनुसार हाल टि-सर्ट व्यवस्थापनको कार्य धमाधम भैरहेको छ । जन्मोत्सवका अबसरमा आयोजित कार्यक्रममा सहभागी हुने सवैलाई सम्भव त राजारानीको तस्वीर अंकीत टिसर्ट बाडिने छ ।
पुर्वराजा शाहको जन्मदिन यहि असार २३ गते सोमबारको दिन हुने उक्त कार्यक्रममा सहभागीका लागि सम्पुर्ण देशभक्त,राजावादी,सामाजिक अभियान्तालाई आव्हान गरिएको छ । वीर गोर्खालीले आफ्नो शक्ति प्रदर्शन गर्नका लागि पनि नारायणहिटी दरबार परिसरमा यो कार्यक्रम राखेको कतिपयले आसङ्का गरेका छ्न ।
तर पुर्वराजा ज्ञानेन्द्र शाहले यो वर्ष आफ्नो जन्मोत्सव नमनाउने भएका छ्न । पुर्व राजा शाहको ७३औ शुभ जन्मोत्सवका अबसरमा यस बर्ष कुनै औपचारिक कार्यक्रम राखिएको छैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबाँकेमा पाटेबाघ मृत भेटियो
माघ ११, २०८१ शुक्रबार
सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ
माघ ११, २०८१ शुक्रबार
प्रजातन्त्र सेनानी सिंहको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार